बेनी नगर स्तरीय वाल सञ्जाल गठन

Gandaki Ghumau

बेनी, । बेनी नगर स्तरीय बाल सञ्जाल गठन भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबार भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाबाट वडा न. ६ की विनिता सुवेदीको अध्यक्षतामा सञ्जाल गठन भएको हो ।

सञ्जालको उपाध्यक्षमा पूर्णमा सापकोटा (बेनपा–२), सचिवमा निलम थापामगर (बेनपा १), सहसचिवमा अविषेक पौडेल (बेनपा ७) र कोषाध्यक्षमा कृपा सुवेदी (बेनपा ९) चयन हुनुभएको बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी कर्मचारी सिलु आलेमगरले जानकारी दिनुभयो ।

सदस्यहरुमा वसन्ती क्षेत्री (बेनपा ३), सन्जी घर्ति (बेनपा ४), आयुषा खड्का (बेनपा ५), पुष्पा केसी (बेनपा ७), किञ्जल थापा (बेनपा १०), एलिना रोका (बेनपा १०), लक्ष्मी मिजार (बेनपा ९), पेरिसा केसी (बेनपा ६), अरुण वि.क (बेनपा ४) र समिप आलेमगर (बेनपा १), रहनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

बालसञ्जाल गठन र अभिमुखीकरण कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने पौडेलले बालमैत्री स्थानीय शाषणको अवधारणालाई नगरपालिकाले अनुशरण गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले बालबालिकाको अधिकार, सम्र्बद्धन र प्रर्वद्धनमा नगरपालिका अग्रसर भएको बताउनुभयो ।

कार्यक्रमको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापामगरले सहजिकरण गर्नुभएको थियो । बालअधिकार, अवस्था र चुनौति तथा सम्भावनाको विषयमा उहाँले अभिमुखीकरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...