मालिकामा रु ४८ करोड १८ लाख ३६ हजार बजेट पारित

Gandaki Pardesh notice

म्याग्दी, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपाध्यक्ष घर्ति मगर पुनले आगमी आर्थिक बर्षका लागि रु ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण भत्ता जोडिएको छैन । उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ । बजेटमा आन्तरिक आयतर्फ रु ५० लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदान तर्फ रु ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ रु ८ करोड ६४ लाख ७२ हजार, समपुरक अनुदान तर्फ रु ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ रु १८ करोड ५० लाख र विशेष अनुदान तर्फ रु ३ करोड ३७ लाख रुपैयाँ स्रोत अनुमान गरिएको छ ।

त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ रु १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ रु ४६ लाख ,समपुरक अनुदान तर्फ रु ५० लाख र विशेष अनुदानतर्फ रु ५० लाख रुपैयाँ अनुमान गरिएको छ । बजेटमा चालु आर्थिक बर्षको मौज्दात तर्फ रहन आउन सक्ने रु २ करोड रकमलाई समेत समावेश गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन ,पुर्वाधार विकास ,युवा स्वरोजगार ,पर्यटन , सिँचाई ,भवन निर्माण ,उर्जा ,संचार ,सामाजिक विकास र आर्थिक विकासलाई गाउँपालिकाको नीति ,तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटलाई सफल रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी गाउँसभामा प्रस्तुत आर्थिक विद्येयक २०७९,विनियोजन विद्येयक २०७९ ,न्यायीक समितिको प्रतिवेदन २०७९ ,बार्षिक बजेट ,बिषयगत समिति गठन प्रस्ताव ,न्यायीक समिति र अनुगमन समिति गठन प्रस्ताव समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले आगामी अािर्थक बर्षका लागि पारित निीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । विद्येयक समितिका संयोजक तथा प्रवक्ता अनुप गौचनले दोस्रो गाउँसभाबाट पारित, अनुमोदित तथा अध्यक्ष गर्बुजाबाट प्रमाणीकरण भएका कानुनहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी ,वडा नम्बर ३ का वडा अध्यक्ष मोतिप्रसाद बुढा , ६ का वडा अध्यक्ष पथबहादुर रोका ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन र गाउँसभा सदस्य तुल्सीदेबी पुर्जाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण योजना अधिकृत सोमबहादुर केसीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...