रणवाङमा चैते धानको परिक्षण सफल

Gandaki Ghumau

रणवाङ,। म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ ।

रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धान खेती सफल भएको हो । “यस क्षेत्रमा कहिल्यै पनि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो “बागलुङको मुलपानीबाट विउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।”

माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोप्नुभएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको मल्लले बताउनुभयो । बर्खामा लगाउने गौरी, जेठोबुढो जक्तिकै उत्पादन भएको उहाँको भनाई छ ।

Shreekrishna

बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको मल्लले बताउनुभयो । रणवाङ समुन्द्रि सतहदेखि एक हजार ५० मिटर उचाईमा अवस्थित छ । सम्मो फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ । मंगला गाउँपालिकाको कृषि शाखाका प्रमुख तारा बानिया (जगत)ले पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको बताउनुभयो ।

Gunasthariya Shiksya

“सम्भव नहुने ठानेर चैते धानको खेतीतर्फ कसैको ध्यान पुगेको थिएन,” उहाँले भन्नुभयो “परिक्षण सफल भएकाले चैते धान खेती विस्तारको कार्यक्रम बनाउछौ ।” तराई, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ को ढोडेनी, सारेमारे र सिममा मात्र चैते धान खेती हुने गरेको थियो । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो ।

हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको कृषक मल्लले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धान खेतीको सम्भाव्यता अध्ययन गरिने बनाउने बताउनुभयो ।

सिचाई सुविधा र अनुकुल हावापानी भएको ठाउँमा चैते धान खेती गरेर उत्पादन वृद्धिको सम्भावना देखिएको छ । दुई बाली धान खेती गर्दा उत्पादनका साथै कृषकको आम्दानी बृद्धिमा पनि सहयोग पुग्ने सम्भावना छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...