वन्यजन्तुका लागि पोखरी निर्माण

Gandaki Kotihome

बेनी, वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ ।

डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दीका दश वटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको दन्द्ध न्युनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूह मार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

“वन्यजन्तु पानी र आहराको खोजीमा मानव वस्तीमा नआउन भनेर जंगलमै पोखरी बनाइएको हो,” उहाँले भन्नुभयो “वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव वस्तीमा नआउने र दन्द्ध व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।”

Upper Myagdi transmition line notice

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ वटा सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनौट भएका दश वटै समुहले कार्य सम्पन्न गरेका हुन् । प्रतिपोखरी निर्माणका लागि रु. एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु. ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो ।

Annapurna aarohan ko notice

बेनी नगरपालिका–९ को गलेश्वर ठुलो सल्लेरी, घोर्लास, धवलागिरी–७ को धारापानी, रघुगंगा–८ को कृष्ण तालाबन्दी, मंगला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगंगा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मंगला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

६१.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलविर पुनले जंगलको बिचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइप मार्फत पानी लगेर संकलन गरिएको बताउनुभयो ।

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ । घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर बिकले पोखरीले जंगलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो बताउनुभयो ।

जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवा लगायत बन्यजन्तु मानव वस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । आहरा र पानीका लागि वस्ती नजिक आउने रतुवा, मृत लगायत जन्यजन्तु खोज्दै मानव वस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...