धवलागिरीमा छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम

Gandaki Ghumau

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेको छ ।

दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध गाउँपालिका निर्माणमा सहयोग पु¥याउने उद्देश्यले वडा स्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

असार २ गते वडा नम्बर ५ मल्कवाङबाट शुरु भएको कार्यक्रम ३ गते वडा नम्बर ६ मराङ र ४ गते वडा नम्बर ४ मुदीमा भएको छ । आइतबार वडा नम्बर ७ मा आयोजना गरिएको कार्यक्रम लुलाङ, गुर्जा र मुनामा पनि हुने कार्यक्रम संयोजक वडा सचिव तमबहादुर बिकले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

वडाका जनप्रतिनिधी, राजनीतिकर्मी, अगुवा, युवा क्लव, आमा समूहका प्रतिनिधी, दलित र गैर दलित समुदायहरुलाई संयुक्त रुपमा संबिधान र जातीय भेदभाव तथा कसुर ऐन २०६८ मा भएको व्यवस्थाका विषयमा जानकारी गराइएको छ ।

कार्यक्रमको सहजिकरण गर्नुहुदै उपेक्षित, उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिका पुर्व कार्यकारी निर्देशक डा. वुद्धी नेपालीले जातीय भेदभाव र छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार देखि रु. दुई लाख सम्म जरिवाना हुने बताउनुभयो ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव ( कसूर र सजाय) ऐन,२०६८ को दफा ७( क)बमोजिम सार्वजनिक वा नीजि स्थानमा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति रितिरिवाज, जात जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा भेदभाव, छुवाछूत र भेदभाव गर्ने गराउने कार्यमा प्रतिवद्ध लगाइएको छ ।


प्रशिक्षणमुलक कार्यक्रमका साथै वडा नम्बर ७ मा तीन वटा, ५ मा दुई टा, ६ मा दुई वटा, ४, ३, २ र १ नम्बर वडामा एक एक वटा जातीय भेदभाव र छुवाछुत विरुद्ध सन्देशमुलक होडिङ बोर्ड राखिएको वडा सचिव बिकले बताउनुभयो । यसैगरी सवै वडामा वडा सदस्यको अध्यक्षतामा जातीय विभेद उन्मुलनका लागि वडा नागरिक मञ्च समेत गठन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...