जनप्रियका विद्यार्थीको स्वास्थ्य परिक्षण

Gandaki Pardesh notice

दरवाङ, । मालिका गाउँपालिका–६ दरवाङमा रहेको जनप्रिय माध्यमिक विद्यालयको आधारभूत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको शुक्रबार स्वास्थ्य परिक्षण गरिएको छ ।

मालिका गाउँपालिकाको ससर्त कार्यक्रम अन्तरगत दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा १०२ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

Bhautik ministry notice about road

परिक्षणका क्रममा दाँत, कान, दात र कान दुवै, आँखा सम्बन्धी समस्या भएका ५९ जनालाई परामर्श र औषधी वितरण गरिएको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट यामन नेपालीले बताउनुभयो ।

Shreekrishna hardwear in news

नेपालीको नेतृत्वमा चार जना स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...