ग्रिनको कामु प्रमुख कार्यकारी अधिकृतमा हरि वुढाथोकी

Gandaki Ghumau

पोखरा, । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि वहादुर वुढाथोकी नियुक्त हुनुभएको छ ।

वैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वुढाथोकीलाई वैंकको संचालक समितिको २०७९ ज्येष्ठ ३१ गते वसेको १७६ औं वैठकले २०७९ आषाढ १ गते देखी लागुहुने गरि वैंकको कायम मुकायम प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । विगत १६ वर्ष भन्दा वढि वैकिङ्ग क्षेत्रको अनुभव भएका वुढाथोकी वैंकको कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

Gunasthariya Shiksya

चार वर्ष अगाडी वैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएका श्री उमेश कुमार आचार्यको २०७९ ज्येष्ठ ३१ गते कार्यकाल समाप्त भएकोले वुढाथोकीलाई कामय मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । २० वर्षको वैंकिङ्ग अनुभवमा १५ वर्ष भन्दा वढि प्रमुख कार्यकारी अधिकृत रहनुभएका आचार्यलाई वैंकको उन्नती र प्रगतीमा पु¥याउनुभएको योगदानको कदर गर्दै धन्यवाद दिने र वहाँको उज्वल भविष्यको कामना गर्ने निर्णय समेत वैंक संचालक समितिले गरेको वैंकका सुचना अधिकारी सुशिल पौडेलले वताउनुभयो । आफ्नो चार वर्षे कार्यकाल पुरा गरी विदा हुनुभएका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको सम्मानमा वैंकले विदाई कार्यक्रम आयोजना गरेको पौडेलले वताउनुभयो । वहाँको चारवर्षे कार्यकालमा वैंकले आफ्नो व्यवसायमा उल्लेख्य वृद्धी, डिजिटल वैंकिङ्गको गर्नुका साथै, कार्यक्षेत्र विस्तार गरेको साथै शाखा संजालमा व्यापक विस्तार गरेको थियो ।

Shreekrishna

व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका वुढाथोकीको कर्जा व्यवस्थापनमा विषेश अनुभव रहेको छ । वुधवार आयोजित पदस्थापना कार्यक्रम मार्फत् कार्यभार सम्हाल्नुभएका वुढाथोकीले आम सर्वसाधारणहरुमा वैंकिङ्ग पहुच पु¥याउन ग्रीन डेभलपमेण्ट वैंकलाई विषेश नेतृत्व प्रदान गर्ने वताउनुभयो । ग्राहकवर्ग, शेयरधनी तथा नियमनकारी निकायहरुको चाहना तथा नीति, निर्देशन वमोजिम वैंकको सेवामा आमुल परिवर्तन ल्याउन विशेष भुमिका निर्वाह गर्ने वताउनुभयो । वैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका अत्याधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...