नगरपालिकालाई घरेलु उद्योग महासंघको सुझाव

Gandaki Kotihome

बेनी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई सोमवार ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतियोग्य तर बाँझो रहेका जग्गाको पहिचान गरि बेरोजगार युवा परिचालन गरेर कृषिजन्य बस्तु उत्पादन गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो ।

खेर गैरहेको जग्गामा त्यहाँको सम्भाव्यता अनुसारका बस्तु उत्पादन गरि युवलाई उद्यममा लाग्न प्रोत्साहन गर्ने खालका कार्यक्रम संचालन गर्न प्रमुख केसी र उपप्रमुख ज्योति लामिछानेलाई आग्रह गर्नुभएको थियो ।

Upper Myagdi transmition line notice

छ बुँदे सुझाव सहितको ज्ञापन पत्रमा उद्योगहरुको पहिचान गरि अभिलेख तयार गर्ने, उद्यमीहरुलाई वित्तीय अवस्थाका आधारमा प्रोत्साहन स्वरुप कर्जा प्रदान गर्ने, उत्पादित बस्तु बिक्रिमा अनुदानको व्यवस्था गर्ने, युवा लक्षित उद्यमशिलताको विकास गर्ने बिषय उठाईएको छ ।

Annapurna aarohan ko notice

त्यस्तै महासंघले महिला उद्यमीहरुका लागि आवश्यक सिपको विकास, उपकरण सहयोग, तथा नगर क्षेत्रका साना व्यवसायीले उत्पादन गरेका उपजहरुलाई बिक्रीका लागि बजारको ग्यारेन्टी, घरेलु तथा साना उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि सिपमूलक तालिम संचालन लगायतका विषयमा नगरपालिकाको ध्यानकर्षण गराएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख केसीले नगरभित्रका साना उद्योग तथा उद्यमीहरुको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको बताउनुभयो । नागरिकलाई सिप र पेशा दिएर आत्मनिर्भर बनाउने आफ्नो मुख्य लक्ष्य नै भएकाले उद्यमशिलताको विकासमा विशेष योजना तथा कार्यक्रमहरु तय गर्ने प्रमुख केसीको भनाई थियो ।

उपप्रमुख लामिछानेले स्थानीय उद्यमीले उत्पादन गरेका बस्तुहरुलाई प्राथमिकता दिई प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । अवको वजेटमा नगरबासीलाई सक्षम, उद्यमशिल र स्वरोजगार बनाउने गरि कार्यक्रम ल्याउने भन्दै लामिछानेले साना उद्यमीहरुसंग सहकार्य गर्न नगरपालिका सधैँ तयार हुने बताउनुभयो ।

कार्यक्रममा महासंघले नगर प्रमुख केसी, उपप्रमुख लामिछाने र कार्यपालिका सदस्य सृजना श्रेष्ठलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन समेत गरेको छ । त्यस्तै सोही अवसरमा परियार सेवा समाज र म्याग्दी टेलरिङ संघको तर्फबाट पनि शुभकामना एवम् बधाई ज्ञापन गरिएको समाजका महासचिव प्रेम नेपालीले जानकारी दिनुभयो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सृजना श्रेष्ठ, जिल्ला उपाध्यक्ष लोकनाथ रेग्मी, सचिव हरि कार्की लगायत पदाधिकारी एवम् सदस्यहरुको सहभागीता रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...