गण्डकी प्रदेशको युवा नीतिको मस्यौदाको विषयमा छलफल

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाएको युवा नीतिको मस्यौदाको विषयमा सोमबार बेनीमा सरोकारवालाहरुबीच अन्तरक्रीया भएको छ ।

सामाजिक, आर्थिक रुपान्तरणमा युवा परिचालन गर्ने उद्देश्यले बनाउन लागिएको मस्यौदाका बुदाँहरुका विषयमा राजनीतिक दल सम्बद्ध युवा संगठन, जनप्रतिनिधी र युवाको क्षेत्रमा कार्यरत सरोकारवालाहरुबीच छलफल भएको हो । मन्त्रालयको युवा तथा खेलकुद महाशाखाका प्रमुख घनश्याम पौडेलले नीतिको मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

युवा जनशक्तिको विकास, प्रदेश सम्बृद्धीको आधार, सम्बृद्धिको अभियान, युवाको योगदान भन्ने प्रदेश सरकारको नारा अनुसार युवासँग सम्बन्धित विभिन्न क्षेत्रलाई समेटेर बनाएको नीतिमा सरोकारवालाको सुझाव संकलनका लागि अन्तरक्रिया थालिएको पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रस्तावित नीतिमा युवाको अवस्था, सामाजिक र आर्थिक रुपान्तरणका लागि युवा परिचालनको आवश्यकता, अवसर र चुनौतिसँग सम्बन्धित विषयलाई बुदागत रुपमा औल्याइएको छ ।

Bhautik ministry notice about road

प्रदेशको नीति निर्माणमा अर्थुपूर्ण योगदान पु¥याउन युवालाई आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक सशक्तिकरणका माध्यमबाट प्रोत्साहन गर्ने, युवालाई कर्मठ, क्रियाशिल, नवीनताको पक्षधर र रचनात्मक शक्तिमा परिणत गर्न समाजप्रति जवाफदेही र उत्तरदायी बनाउन विशेष कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिएको छ । उमेर समुहको आवश्यकतालाई दृष्टिगत गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजिमा रहेका युवालाई लक्षित गरि कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।

युवा नीत कार्यान्वयन गर्न प्रदेश सरकारका क्षेत्रगत नीतिहरुसँग तादात्म्यतामा शिक्षा, रोजगारी, स्वास्थ्य तथा सामाजिक सुरक्षा युवा शसक्तिकरण तथा नेतृत्व विकास सहभागिता तथा परिचालन, कला, साहित्य र संस्कृति खेलकुद र मनोरञ्जन, विज्ञान तथा प्रविधी, विशेष समुहगत प्राथमिकता र साझेदारी क्षेत्रका छुट्टा छुट्टै रणनीति तथा कार्यनीतिहरु उल्लेख गरिएको छ ।

प्रदेशका विभिन्न ४ जिल्लामा अन्तरक्रिया गरी सरोकारवालाहरुको सझाव समेटेर प्रदेशसभाबाट पारित भएपछि युवा ऐन र नियम बनाएर कार्यान्वयनमा लगिने मन्त्रालयकी कानुन अधिकृत सिर्जना आचार्यले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने पौडेलले रोजगारीको लागि विदेश पलायन हुनुपर्ने समस्या न्युनीकरणका लागि नीतिगत सुधारका साथै सिप र क्षमता विकासमा जोड दिदै युवालाई उत्पादनमा जोड्ने नगरपालिकाको योजना रहेको बताउनुभयो । वाइट
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र युवा समितिका अध्यक्ष देवीप्रसाद शर्मा (डिपी)ले युवा सम्बन्धी नीति, योजना र बजेट कार्यान्वयनका लागि तीनै तहका सरकारहरुको सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष शिशिर शाहीले रोजगारीका लागि पुँजी, जमिन र अनुकुल नीति नियमको आवश्यकता रहेको बताउनुभयो । गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल र अपाङ्ग महासंघका सुरेन्द्र खत्रीले योजना तर्जुमा र कार्यान्वयनमा युवाको अर्थपूर्ण सहभागिताका साथै राजनीतिक नेतृत्वले युवालाई उपयोग मात्र नभइ उद्यमशिल बनाउने सोच बनाउनुपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...