बेनीमा किशोरी सम्मेलन

Gandaki Ghumau

बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ ।

म्याग्दी, तनहँु, कास्की, पर्वत, स्याङ्जा, लमजुङका १०० जना भन्दा बढी किशोरीहरुको सम्मेलन शनिबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो । म्याग्दीको धवलागिरी गाउँपालिकाको ११, बेनी नगरपालिकाको ९ वटा विद्यालयको किशोरी सञ्जालका साथै अन्य पाँच जिल्लाका प्रतिनिधी हरुको उपस्थिति थियो । गल्स फस्ट फन्टको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा संगम म्याग्दीले सम्मलेन आयोजना गरेको हो ।

Shreekrishna

किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरि समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल गरेका थिए । किशोर अवस्थामा बिवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने, बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा बिवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

Gunasthariya Shiksya

सबै बिद्यालयमा महिनावारी हुदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको ब्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागिहरुले आराम कक्षको ब्यवस्था गर्न स्थानीय तह र बिद्यालयलाई अनुरोध गरेका छन् ।

२० बर्ष नपुगी बिवाह गर्ने जोडीहरुको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको बिरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीहरु माथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टि र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धबिश्वास र रुढिबाढीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।

बाच्न, संरक्षण, बिकास र सहभागीताको नैसर्गिक अधिकारको सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरुले बालबिवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दवाव आउने गरेका, महिनावारीको समयमा बिद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुरब्यवहार भएको बताएका थिए ।
सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले समाजमा किशोरीको भूमिका, बालविवाह न्यूनिकरण र स्थानीय बालमैत्री कानुनी ब्यवस्था लगायत बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै सामाजिक परिक्षक मुक्ति ढुंगानाले २०२० देखी २०२२ सम्मको बालबिवाह न्यूनिकरण गर्न कार्यान्वयन गरिएको कार्यक्रमको प्रभाव र मूल्याङकनबारे जानकारी गराउनुभएको थियो ।

जिल्लास्तरीय किशोरी संजाल अध्यक्ष नरदेवी विकको अध्यक्षता भएको कार्यक्रममा प्रदेश बालपरिषद गण्डकी प्रदेशको पुर्व अध्यक्ष दिपा आचार्यको प्रमुख आतिथ्यतामा र संगम म्याग्दीकी सहससचिव सुनिता बेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...