बेनीका विद्युतका पोल तारको थुप्रोले जेलिए

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जिल्ला सदरमुकाम बेनी बजारमा जडान गरिएको सडक वक्ति एक हप्तायता बलेका छैनन् ।

बत्ति बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई जना प्राबिधिकलाई दुई दिनसम्म परिचालन ग¥यो । तर समस्या पहिचान हुन नसक्दा सडक वक्ति मर्मतमा ढिलाई भएको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

“विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलहरुमा राखिएको सडक वक्तिको समस्या पहिचान गर्न नसकेको प्राबिधिकले बताए,” उहाँले भन्नुभयो “अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo


बेनी बजारका विद्युतका पोलमा नेपाल टेलिकमको टेलिफोनका साथै निजी क्षेत्रका केवुल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको पनि तार तानिएको छ । बर्षौ पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन् । विद्युतका पोल तारको गुजुल्टाले फेटा गुटाएको जस्तो भएका छन् । जसका कारण विद्युत पोलमा भार बढेको छ ।

सडक वक्ती मर्मतसँगै विद्युतका पोलमा राखिएका अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता देखिएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्राधिकरण र तार प्रयोग गरेर केवुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधीहरुसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उहाँले बताउनभयो ।

बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडक बक्ति जडान गरेको छ । बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्युनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडक बक्ति जडान गरिएको हो । सडक बक्ति बल्न छाडेपछि सुरक्षा चुनौति बढेको बजारबासीहरुले बताएका छन् ।

गत असोजमा नेपाल विद्युत प्राधिकरणले सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको लाइन काट्ने अभियान थालेको थियो । तर केवुल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको आन्दोलन र दवाव पछि प्राधिकरण पछि हटेको छ ।
म्याग्दीमा दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् । पोल प्रयोग गरेवापत ति कम्पनीहरुले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...