मोवाइल तथा इलेक्ट्रिक्स संघको सहयोग

Gandaki Ghumau

बेनी, । मोवाइल तथा इलेक्ट्रिक्स संघ म्याग्दीले मालिका गाउँपालिका–६ दरवाङका एक विपन्न परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन् ।

Gunasthariya Shiksya

बागलुङ नगरपालिका–७ घर भई हाल दरवाङमा बस्दै आएका हरिप्रसाद विश्वकर्माको परिवारलाई रु. दश हजार मूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । दुई बोरा चामल लगायत खाद्यान्नका साथै विकका छ जना छोराछोरीको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले कापी र कलम उपलब्ध गराएको संघले जनाएको छ ।

सोही अवसरमा दरवाङको धौलागिरी स्टेशनरीका सञ्चालक गोपालप्रसाद रेग्मीले रु. एक हजार मूल्य बराबरको शैक्षिक सामग्री उपलब्ध गराउनुभएको थियो । संघका अध्यक्ष हेमन श्रेष्ठ, उपाध्यक्ष अर्जुन आचार्य, सचिव विनोद सुवेदी, कोषाध्यक्ष रामकृष्ण सुवेदी, दरवाङ इकाई समितिका संयोजक विष्णु खत्री, सदस्य टुंगनाथ कडेल, जिवन पुन, महेश नेपाली लगायतको टोलीले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...