नृत्य प्रतियोगितासँगै जेसिज सप्ताहको समापन

Gandaki Ghumau

बेनी, । म्याग्दी जेसीजले आयोजना गरेको १८ औ अन्तर मा.वी. स्तरीय रनिङ्ग शिल्ड लोकनृत्य प्रतियोगितामा बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मा.वी. प्रथम भएको छ ।

जेसिज सप्ताह २०२२ अन्तरगत आयोजित प्रतियोगितामा लगातार तेस्रो पटक बिजयी हुदै वेष्ट पोइन्टले रनिङ्ग शिल्डमा कब्जा जमाएको छ । ११ विद्यालय सहभागी प्रतियोगितामा बेनी बोर्डिङ स्कुल दृतीय र बेनी सामुदायिक मावीले उत्कृष्ट टिमको उपाधी पाएका छन् ।

प्रथम, दृतीय र उत्कृष्ट विद्यालयले प्रमाणपत्र, शिल्ड र नगद क्रमश ः रु. दश हजार, छ हजार पाँच सय र तीन हजार पाँच सय प्राप्त गरेका छन् । रोहित भट्टचन स्मृति अक्षयकोष मुख्य प्रायोजक भएको प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिञ्जु ल्याङगवेज इन्टिच्युटले गरेका थिए ।

Shreekrishna
Gunasthariya Shiksya

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने पौडेल, म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्री, नेपाल जेसिजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, रोहित भट्टचन स्मृति अक्षयकोषका सिर्जना भट्टचन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख पौडेलले युवाको क्षमता, नेतृत्व, खेलकुद विकास र कला संस्कृति संरक्षणमा म्याग्दी जेसिजको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँहरुले युवाहरुमा सकारात्मक सोचको विकास, उद्यमशिलताको विकास र उत्पादनशिल कार्यमा संलग्न गराउनुपर्ने बताउनुभयो ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष खत्रीको अध्यक्षता र सुमन बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष तथा बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जेठ १५ गतेदेखि म्याग्दी जेसिजले २४ औ स्थापना दिवस सप्ताहब्यापी कार्यक्रम गरेर मनाउन थालेको थियो । सप्ताह अन्तरगत दन्त परिक्षण शिविर, पुरुण्डीमा आँखा उपचार र बेनीमा भाषणकला सम्बन्धी तालिम लगायतका कार्यक्रम सञ्चालन भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...