बेनीका कलाकार श्रेष्ठद्धयलाई सुर्यनारायण पुरस्कार प्रदान

Gandaki Pardesh notice

बेनी । बेनीका कलाकार तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई शनिबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ ।

सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठद्धयलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले रु. २०÷२० हजार नगद सहित कदरपत्र प्रदान गर्नुभयो ।

बेनीका स्वर्गीय सुर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको संस्थाले हरेक २÷२ वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीबृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।

Shreekrishna hardwear in news

तुलप्रसादलाई वर्ष २०७६ र प्रकाशकुमारलाई वर्ष २०७८ को पुरस्कार प्रदान गरिएको छनौट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठद्धयले कला र साहित्यका साथै स्थानीय लोक संस्कृति र भक्तिभजनको संरक्षणमा योगदान गर्नुभएको छ ।

Bhautik ministry notice about road

वि.स. २०७६ को पुरस्कार कोरोना (भाइरस)को महामारी र वि.स. २०७८ को पुरस्कार परिवारमा पर्न गएको शोकका कारण स्थगित भएकाले यसपाली संयुक्त रुपमा वितरण गरिएको संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताउनुभयो ।

पुरस्कार वितरण गर्नुहुदै नगरप्रुमख केसीले म्याग्दीको कलाकारितासँगै ब्यापार, कृषि र सामाजिक रुपान्तरणमा स्वर्गीय सुर्यनारायण श्रेष्ठको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कला, संस्कृतिको संरक्षण र प्रर्वद्धनमा नगरपालिकाले जोड दिने बताउनुभयो । वि.स. २०४९ देखि हालसम्म १७ जनालाई पुरस्कार प्रदान गरिएको छ ।

भैरवबहादुर श्रेष्ठ (२०४९), टिकाबहादुर श्रेष्ठ (२०५०), दिपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुबलाल शर्मा (२०६८), अंगद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ (२०७२), डाक्टर कर्ण बानिया (२०७४)मा पुरस्कृत हुनुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा संस्थाका सञ्चालक सुर्दशनकुमार श्रेष्ठ, साहित्यकार ध्रुबलाल शर्माले स्वर्गीय सूर्यनारायण श्रेष्ठको योगदानको बारेमा जानकारी गराउनुभएको थियो । सञ्जयकुमार श्रेष्ठ नेतृत्वको कलाकार टोलीले सुर्यनारायण श्रेष्ठको जिवनी सम्बन्धी गित प्रस्तुत गर्नुभएको थियो । पुरस्कृृत कलाकार श्रेष्ठद्धयले लोकभजन प्रस्तुत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...