लाम्पाटा–दरबाङ सडक फेरी अलपत्र बन्यो

Gandaki Pardesh notice

दरवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ ।

ठेकेदार सम्पर्कविहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुर्बाधार बिकास कार्यालय म्याग्दीसँग मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी एक महिनादेखि सम्पर्कविहिन बनेका छन् ।

२०७८ बैशाख देखि मंसिर सम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुष महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मुल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।

Shreekrishna hardwear in news

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्र मार्फत ताकेता गरिएपनि विरुवा–क्याराभानका प्रतिनिधीले काम सूचारु नगरेका बताउनुभयो । “चुनाव पछि काम नगरेका निर्माण व्यवसायीलाई फोन र पत्र मार्फत ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “मन्त्रालयमा जानकारी गराएर विरुवा–काराभानको जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”

बि.स.२०७६ जेठ ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । वि.स. २०७८ चैत महिनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिएपनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।

Bhautik ministry notice about road

सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो ।

“दुई तीन वटा ठेकेदार फेरिए । कसैले पनि काम पुरा गरेका छैनन । काम अधकल्चो बनाएर छाडेका छन्,” उहाँले भन्नुभयो “पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधी मार्फत दवाव दिएपनि अटेरी गरेका छन् ।”

सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाहे भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । निर्माण कम्पनी विरुवा–क्याराभानका प्रतिनिधी सोमनाथ गौचनलाई सम्पर्क गर्दा उहाँको फोन फरवार्ड गरिएको थियो ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पुर्बाधार बिकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ ।

लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दुरिको बेनी देखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनी देखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानी देखि सिम सम्मको सडकमा कालोपत्र गर्न थालेका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुअ अधिकारीले बताउनुभयो ।

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सिम–देखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्रे गर्न पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधी भएको ओमवुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । बि.स. २०६३ मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...