बेनी, । २४ औ स्थापना दिवसको अवसरमा म्याग्दी जेसिजको आयोजनामा सोमबार बेनीमा दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।
बेनी संजिवनी हेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा सञ्चालित शिविरमा १२० जनाले सेवा लिएका छन् । २३ जनाको दाँत निकालिएको शिविरका संयोजक कुमार बानियाले जानकारी दिनुभयो ।
बेनी संजिवनी हेल्थ क्लिनिकका चिकित्सक विवेक सुनारको नेतृत्वमा रहेका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएका थिए । दन्तपरिक्षण गराएकाहरुलाई थप उपचारका लागि २० प्रतिशत छुट दिने क्लिनिकले जनाएको छ ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
दन्तपरिक्षण, परामर्शका साथै निशूल्क औषधी वितरण गरिएको थियो । औषधी आवश्यक नपर्नेहरुलाई निशूलक टुथपेष्ट र ब्रस वितरण गरिएको जेसिज सप्ताहका कार्यक्रम संयोजक हरि भण्डारीले बताउनुभयो ।
म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षमा भएको कार्यक्रमको बेनपा ८ का नवनिर्वाचित वडा अध्यक्ष उत्तम कर्माचार्यले उद्घाटन गर्नुभएको शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताउनुभयो ।
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/05/JCI-Weekly-2-1024x768.jpg)
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)