धवलागिरीको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उमेद्वार विजयी

Gandaki Pardesh notice

बेनी, १५ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धनका उमेद्वार विजयी भएका छन् । नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकिकृत समाजवादीका एक जना उमेद्वार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली काँग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उमेद्वार देउप्रसाद छन्त्याल पुनले २०÷२० मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

स्वतन्त्रबाट कार्यपालिका सदस्यमा निर्वाचित छन्त्याल नेकपा एकिकृत समाजवादीका नेता हुनुहुन्छ । उहाँ यसअघि पनि कार्यपालिका सदस्य हुनुहन्थ्यो । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका करन छन्त्यालले १५, बलबहादुर बिकले १६ मत पाउनुभएको थियो । एक मत बदर भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी महिला कार्यपालिका सदस्यमा नेपाली काँग्रेसकी फुलमाया बुढाथोकी, नरकुमारी बुढाथोकी, नेकपा माओवादी केन्द्रका डिलकुमारी बिक र सिता कुमारी छन्त्यालले २१÷२१ मत पाएर विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट कार्यपालिका सदस्य निर्वाचित वडा नम्बर ७ की वडा सदस्य समेत रहेकी बुढाथोकी नेपाली काँग्रेसका हुनुहुन्छ । चुनावी तालमेलका क्रममा जुन पार्टीको वडा अध्यक्षका उमेद्वार हुन्छन वडा सदस्यहरु पनि सोही पार्टीको चुनाव चिन्हबाट उमेद्वार हुने सहमति गरेका थिए ।

एमालेका गंगादेवी पुन, दिलमाया वि.क., राजकुमारी कामी र सन्ता गर्वुजाले १६÷१६ मत पाउनुभयो । धवलागिरीको गाउँसभामा ३७ जना मतदाता छन् । १५ सदस्यीय धवलागिरीको कार्यपालिकामा गठबन्धनको बहुमत पुगेको छ । कार्यपालिकामा एमालेका तीन जना मात्र भएका छन् ।

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष, दुई जना वडा अध्यक्ष सहित १३ जना, नेकपा माओवादी केन्द्रसँग गाउँपालिका उपाध्यक्ष, दुई जना वडा अध्यक्ष सहित ७ जना, नेकपा एमालेसँग तीन जना वडा अध्यक्ष सहित १४ जना र एक जना स्वतन्त्र विजयी भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...