बेनीमा कटान रोक्न ‘बोलर स्किङ’

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, १० जेठ । म्याग्दीको सदरमुकाम बेनी स्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ ।

बेनी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा रुपाताल एकिकृत विकास संरक्षण विकास परियोजनाले वि.स. २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावीयन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन शुरु गरेको हो ।

कटानको जोखिममा रहेको कालीगण्डकी नदी किनारमा ठुला ढुङ्गा थुपारेर ‘बोलर स्किङ’ बनाउन थालिएको परियोजनाका इञ्जिनियर रामबहादुर रानाभाटले जानकारी दिनुभयो । “बर्खायाम शुरु भएको र कालीगण्डकीमा पानीको सतह बढ्न थालेकाले तत्काल स्थायी संरचना बनाउन सम्भव नभएपछि आउदो बर्खामा थप क्षति हुन नदिन बोलर स्किङ बनाउन पहल गरिएको हो,” उहाँले भन्नुभयो “अर्को वर्ष यहाँ पक्कि संरचना निर्माण हुन्छ ।”
नगरपालिकाले उपलब्ध गराएको ठुला ढुङ्गा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन थालेका इञ्जिनियर रानाभाटले बताउनुभयो । बाढीले करिव १६० मिटर दुरिमा भत्काएको तटबन्ध मर्मत र पुननिर्माण शुरु नहुँदा बाढीले थप कटान गरेर बजारमा क्षति हुने जोखिम बढाएको थियो । रुपाताल संरक्षण एकिकृत विकास परियोजना, पोखराले गत माघ तेस्रो सातादेखि बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्ध शुरु गरेको थियो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढीसकेकाले संगमचोक पछाडीको कालीगण्डकी किनारमा तत्काल पक्कि संरचना बनाउन जोखिम देखिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचना बनाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो ।

चुनाव अघिनै नदी कटान नियन्त्रणका लागि अस्थायी संरचना बनाउने विपद् व्यवस्थापन समितिले सहजिकरण गर्ने निर्णय गरेपनि अहिले काम भएको प्रजिअ रानाले बताउनुभयो । २२ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित गत पुष तेस्रो साता रु. नौ करोड ४५ लाखमा रौताह–बिएनबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्कि र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेपनि जेसिज भवन क्षेत्रको कालीगण्डकी किनारमा काम हुन सकेको थिएन् ।

सो क्षेत्रमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता भएपनि कालीगण्डकी नदी डाइभर्सन गराउने विषयमा पर्वत वेनी र म्याग्दी बेनीको विवाद सुल्झाउन ढिलाई भएपछि निर्माण कम्पनीले कालीपुल र मंगलाघाट क्षेत्रमा काम गरेका थिए । बेनीका नगरप्रमुख सुरत केसीले कालीगण्डकी र म्याग्दी नदीको दोभानको बगरबाट ठुला ढुंङ्गाको ब्यवस्थापन गरेको बताउनुभयो ।
नगरपालिकाले उपलब्ध गराएको ठुला ढुङ्गा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन लागेका हुन् । नगर प्रमुख केसी, उपप्रमुख ज्योति लामिछाने पौडेल, बेनपा ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायत जनप्रतिनिधीहरुले निर्वाचित हुनेवित्तिकै नदी नियन्त्रण योजनामा चासो दिएर पहल र समन्वय गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...