जलजलामा निर्वाचित जनप्रतिनिधीलाई स्वागत र निवर्तमानलाई सम्मान

Gandaki Pardesh notice

साजन परियार ÷
मोहनचोक, । पर्वतको जलजला गाउँपालिकामा बिहिबार निर्वाचित जनप्रतिनिधिलाई स्वागत र निवर्तमानलाई सम्मान गरिएको छ ।

मिलनचोकमा गाउँपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरणका साथै स्वागत गरिएको थियो ।

यसैगरी निवर्तमान गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), उपाध्यक्ष सिमा गर्बुजा पुन, अघिल्लो कार्यकालका वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरिएको थियो । नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आचार्य द्धय, निवर्तमान अध्यक्ष मल्ल र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधीहरुबीच अनुभव आदानप्रदान समेत गरेका थिए । अध्यक्ष र उपाध्यक्ष आचार्यद्धयले मतदाता र चुनाव सम्पन्न गराउन सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्दै सवैसँग सहकार्य गरेर गाउँपालिकाको विकास निर्माण र सेवा प्रवाहमा अगाडी बढ्ने बताउनुभयो ।

Bhautik ministry notice about road

पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई सहज र प्रभावकारी, सामाजिक, आर्थिक रुपान्तरणका योजना सफल बनाउन कर्मचारी, निवर्तमान जनप्रतिनिधी, राजनीतिक दल र समुदायबाट सहयोगको अपेक्षा गर्नुभयो ।

निवर्तमान अध्यक्ष मल्लले आफ्नो कार्यकालमा गाउँपालिका सञ्चालनका लागि कानुन, भवन निर्माण शुरु लगायत विभिन्न काम शुरु भएका र त्यसलाई अपनत्व लिन आग्रह गर्नुभयो । पहिलो कार्यकालमा विभिन्न चुनौतिका बावजुद विकासको आधार तयार पारेको उहाँको भनाई थियो । गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा लेखा अधिकृत फडिन्द्रप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

गत शुक्रवार भएको स्थानीय तह चुनावमा जलजला १ मा जकबहादुर रोका, २ मा प्रकाश जिसी, ३ मा एकिन्द्र खत्री, ४ मा भरत जिसी, ५ मा तिलक जिसी, ६ मा बलबहादुर पुर्जा, ७ मा टुङ्गनाथ शर्मा, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुर्जा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...