अन्नपूर्ण–५ को वडा अध्यक्षमा काँग्रेसका राजेश तिलिजा निर्वाचित

Gandaki Kotihome

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ शिखमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रको गठवन्धनका उमेद्वार विजयी भएका छन् ।

सो वडामा नेपाली काँग्रेसले वडा अध्यक्ष सहित तीन सदस्य र माओवादीले एक सदस्य लिएर तालमेल गरी उमेद्वारी दर्ता गराएका थिए । वडा अध्यक्षमा नेपाली काँग्रेसका राजेश तिलिजाले ७०६ मत ल्याएर विजयी हुँदा एमालेका प्रत्यासी विसन रानाले ६११ म्त पाउनुभयो ।

Annapurna aarohan ko notice

वडा सदस्यमा काँग्रेसका रामबहादुर पुर्जा, इशा गर्वुजा, जुना खाती र माओवादी केन्द्रका पुर्णबहादुर पाइजा पुन निर्वाचित हुनुभएको छ । पाइजा अन्नपूर्ण गाउँपालिकामा निर्वाचित हुने माओवादी केन्द्रका एकमात्र प्रतिनिधी हुनुहुन्छ ।

Upper Myagdi transmition line notice

एक हजार ३८० मत खसेको अन्नपूर्ण गाउँपालिका –५ शिख पाउद्धारबाट गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुनलाई ५९१, काँग्रेसका बलबहादुर तिलिजालाई ७२४, उपाध्यक्षमा एमालेकी दिवा तिलिजा पुनलाई ७०४ र काँग्रेसकी ललिता तिलिजालाई ६३४ मत प्राप्त भएको छ ।

५ वटा वडाको मतगणना सकिदाँसम्म गाउँपालिका अध्यक्षमा एमालेका पुनले दुई हजार २०५, काँग्रेसका तिलिजाले दुई हजार १४९, उपाध्यक्षमा एमालेकी दिवाले दुई हजार ३३० र काँग्रेसकी ललिताले दुई हजार ५७ मत पाउनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस