वेपत्ताको सम्झनामा चौतारी बनाउने रघुगंगाका अध्यक्ष भण्डारीको निर्णय

Gandaki Kotihome

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले जनयुद्धका वेपत्ताको सम्झनामा चौतारी निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा बुधवार पद तथा गोपनीयताको सपथ पश्चात पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले वि.स. २०६० चैत ५ गतेदेखि वेपत्ता हुनुभएका रघुगंगा गाउँपालिका–१ बेगखोलाका श्याम प्रसाद रुचाल नेपालीको सम्झनामा चौतारी निर्माण गर्ने टिप्पणी आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष भण्डारीले अन्य सार्वजनिक निर्माणबाट खर्च हुने गरि चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेगखोलाको उपयुक्त स्थानमा उक्त चौतारी निर्माण निर्माण गरिनेछ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

वेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरु तय गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सबै स्थानीय तहलाई पत्राचार समेत गरेको थियो । काँग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भण्डारी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुनुहुन्छ ।

बुधवार नै रघुगंगाका सबै जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत तेजनाराण पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि अध्यक्ष भण्डारीद्धारा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन लगायत ८ वटै वडाका जनप्रतिनिधिलाई सपथ ग्रहण गराईएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...