मंगलाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

Gandaki Pardesh notice

वेनी, म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।

अध्यक्षमा सतप्रसाद रोकाले तीन हजार ९६८ र उपाध्यक्षमा प्रेमकुमारी अधिकारी (पेमा)ले चार हजार २६१ ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोका र अधिकारी नेकपा एमालेका उमेद्वार हुन् ।

रोका दोस्रो कार्यकालको लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा नेपाली काँग्रेसका बिरेन्द्र बुढाथोकीले दुई हजार ८०५ र नेकपा माओवादी केन्द्रका टेकबहादुर वि.क.)ले एक हजार ५२१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

उपाध्यक्षमा नेपाली काँग्रेसका सर्मिला थापाले दुई हजार ५९५ र नेकपा माओवादी केन्द्रका सुकमाया रोकाले एक हजार ३७३ मत पाउनुभएको छ । १३ हजार ४१६ मतदाता रहेको मंगला गाउँपालिकामा ६५.७२ प्रतिशत अथवा आठ हजार ८१७ मत खसेको छ ।

Bhautik ministry notice about road

पाँच वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थियो । तीन वटा वडामा एमाले, काँग्रेस र माओवादीले एक÷एक वटा वडामा जितेका छन् ।

मंगला गाउँपालिकाको १ मा एमालेका एकजित रोका, २ मा एमालेका धनबहादुर खाती क्षेत्री, ३ मा माओवादीका याम रोका, ४ मा काँग्रेसका लालबहादुर रोका र ५ मा एमालेका भुपेन्द्र खत्री क्षेत्री वडा अध्यक्षमा विजयी भएका छन् ।

म्याग्दीको ६ वटा मध्य तीन वटा स्थानीय तह र ३३ वटा वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मतपरिणाम सार्वजनिक भएका ३३ वटा वडा मध्य एमालेले १५, काँग्रेसले १२ र माओवादीले ५ वटा वडामा जित हाँसिल गरेका छन् । अव १२वटा वडा र तीन वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...