मालिका–६ मा एमालेको प्यानल विजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार पथबहादुर रोकाको प्यानल विजयी भएको छ ।

रोकाले ५७४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खिमबहादुर पुनले ५३३, नेकपा माओवादी केन्द्रका ओमबहादुर रोकाले १२५ र नेशनल मंगोल अर्गनाइजेशनका बुलप्रसाद रोका मगरले ११३ मत ल्याउनुभएको छ ।

Bhautik ministry notice about road

वडा अध्यक्षमा निर्वाचित रोका यसअघिको कार्यकालमा वडा सदस्य हुनुहुन्थ्यो । वडा सदस्यमा एमालेका नरेन्द्रराज न्युरे, छरदेवी घर्ति, गौमति चपाई र सतदेवी दमिनी निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news

सो वडाबाट एमालेका बेगप्रसाद गर्बुजालाई ५६३, काँग्रेसका श्रीप्रसाद रोकालाई ५२३ र माओवादीका रेशम जुग्जालीले १८१ मत पाउनुभएको छ । उपाध्यक्षमा एमालेका लक्ष्मी पुनले ५६४, काँग्रेसका पिपला बुढाले ४९६ र माओवादीका गौरी सेञ्चुरीले १२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मालिकाको वडा नम्बर ७ बिमको मात्र मतगणना हुन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...