चिरञ्जिवी शर्माको सामाजिक योगदान

Gandaki Kotihome

राकेश शर्मा
बेनी, । स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने गरेको छ ।

यही सन्र्दभमा म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनबाट नगर प्रमुख रुपमा उम्मेदवार बन्नुभएका चिरञ्जीवी शर्मा चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । ‘विभिन्न माध्यमबाट अहिले सम्म जनताको सेवामा समय खर्चेको छु,’ उहाँले भन्नुभयो ‘यस पटक बेनी नगरबासीले भोट दिएर जनप्रतिनिधिको रुपमा आफ्नो सेवक बनाउनुहुन्छ भन्नेमा विवस्त छु ।’

२०२५ सालमा बेनी नगरपालिका १० पात्लेखेतमा जन्मीनुभएका शर्माले विद्यार्थीकाल देखि नै जनता र समाजको सेवा संगै राजनितिमा सक्रिय रहेको बताउनुहुन्छ । २०४३ सालमा ने.बि. संघ काडमाण्डौँ सम्र्पक मञ्चको नेतृत्व लिएपछि राजनितिक यात्रा थाल्नुभयो । ‘मेरो सानै देखि जनाताको सेवा संगै समाजका रहेका समस्याहरुको समाधानमा केन्द्रीत हुने बानीले सधै जनताको जनिक भएर काम गरेको छु,’ उहाँले भन्नुभयो ।

Upper Myagdi transmition line notice

नेपाल ल क्याम्पसबाट आइएल र बीएल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट राजनिति शास्त्रमा स्नातकोत्तर गर्नुभएका शर्मासँग बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा करिब बीस वर्ष अध्यापन गराएको अनुभव छ ।

Annapurna aarohan ko notice

२०४६ सालमा गाउँका बालबालिकाको शैक्षिक सुधारका लागि ओखले प्रा.वि स्थापना, धार्मिक रुपमा गाउँको विकास गर्न २०४८ सालमा सुर्यनारायण मन्दिर स्थापना संगै उहाँले ओखले–पात्लेखेत वाखेत, खानेपानी, विद्युत मोटरबाटोका लागि पहल गर्नुभएको पात्लेखेत बासी बताउछन् । ‘जिल्लाका सबै क्षेत्रमा बिजुली बलिसकेको थियो, हामी टुकीको भरमा बस्नुपर्ने अबस्था थियो,’ पात्लेखेतकी सिता आचार्यले भन्नुभयो ‘चिरञ्जीवी शर्माको पहलमा विजुली बलेको हो यो गाउँमा ।’

ग्रामिण बस्तीका जनताका लागि स्थास्थ्य पहुँच पुराउनुपर्छ भनेर शर्माको अग्रसरतामा रघुनाथ भद्रकाली स्मृति स्वाथ्य चौकी निर्माणमा महत्वपूर्ण भूमिका रहेको थियो । जिल्लाको मंगला गाउँपालिका बंरजाको जुन विद्यालयमा दलित समुदायका बालबालिकाले पढ्नबाट बञ्चित गराउने गरि विद्यालयलाई टाढाको विद्यालयमा गाभिएको थियो, उहाँका कै नेतृत्वमा विद्यालय पुनस्थापना गरि त्यही विद्यालयमा पढ्ने व्यवस्था गरिएको थियो ।

सरकार र नेकपा माओवादीको दन्द्धकालमा दुवै पक्षको चेपुवामा परेकाहरुलाई सहयोग गरेका शर्मा २०६२÷०६३ को जनआन्दोलनमा नागरिक समाज म्याग्दीको पदाधीकारीको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो । दन्द्धकालमा घाइते भएकाको उद्धार, बाढी पहिरो, भूकम्प जस्ता विपदमा परेकाहरुलाई सहयोग गर्नुुभएको छ ।
ीवपद्मा परेका म्याग्दीका जनताका लागि नेपाली कांग्रेस म्याग्दीको विपद व्यवस्थापन समितिमा रहेर काम गरेको,लामो समय अध्ययापन गराएको, सामाजिक तथा राजनितिक गतिविधिमा निरन्तर सहभागिता जनाउनुभएको छ ।

बेनी बजार भित्र रहेको लक्ष्मी नारायण मन्दिरको समिक्षालय निर्माणमा क्रियाशिल रहेर काम गर्नुभएका शर्माले धार्मिक, स्वास्थ्य, शिक्षा क्षेत्रमा विभिन्न संघ संस्थामा आवद्ध रहेर काम गरिसक्नुभएको छ । जिल्लाको पहिलो रेडियो म्याग्दीको अध्यक्ष भएर सञ्चार क्षेत्रको विकासमा योगदान गर्नुभएको छ । काम गरेको समेत उहाँसंग अनुभव रहेको छ ।

नेपाल बार एशोसियसन म्याग्दीका अध्यक्ष समेत रहुनुभएका शर्माले आफ्नो पेशामा रहेर अनाथ असायका लागि निशुल्क कानुनी सेवा समेत दिनुभएको छ । नेपाल मानवअधिकार संगठन म्याग्दीको अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीको पूर्व सचिव, हाल महादिवेशन प्रतिनिधि रहनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...