केन्द्रिय नेता उतारेर एमालेको ताकममा चुनावी सभा

Gandaki Ghumau

बेनी । नेकपा एमालेले सोमबार तीन जना केन्द्रिय नेतालाई उपस्थित गराएर धवलागिरी गाउँपालिका–७ ताकममा चुनावी सभा गरेको छ ।

स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा गाउँपालिका स्तरीय सभामा एमालेका स्थायी कमिटि सदस्य एवम् पुर्व मन्त्री थममाया थापा, केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य भूपेन्द्रबहादुर थापा, केन्द्रिय सदस्य, प्रदेश सांसद तथा पुर्व प्रदेश मन्त्री नरदेवी पुन सहभागि हुनुभएको हो ।

स्थायी कमिटि सदस्य थापाले वर्तमान सरकारको आलोचना गर्दै विकासप्रेमी पार्टी भएकाले एमालेलाई जिताउन अपिल गर्नुभयो । एमालेका म्याग्दी जिल्ला इञ्चार्ज समेत रहेका भूपेन्द्र थापाले राष्ट्रियताको रक्षा, विकास र सम्बृद्धीका लागि एमालेको नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

Shreekrishna

अर्का नेता पुनले आफू मन्त्री हुँदा ताकम माविको भवन बनाउन २५ लाख, ताकमको दिवा सेवा केन्द्रलाई रु. पाँच लाख बिनियोजन, शिवाङमा नमुना आवसीय मावि स्थापना गरेको बताउनुभयो ।

Gunasthariya Shiksya

धवलागिरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार थमसरा पुनले भुगोलको हिसाबले जिल्लाका विकट पालिकाका ग्रामिण बस्तीहरुमा शिक्षा, स्वास्थ्य, सडक, कुषि, पर्यटन लगायतका क्षेत्रका सर्वाङ्गीण विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पहिलो कार्यकालमा जनताको भावना र आवश्यकता अनुसार काम गरेकाले थप काम गर्न दोस्रो कार्यकालका लागि उमेद्वार बनेको बताउनुभयो । उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले समाजका सवै अंगहरुको सवलीकरण र उत्थानका निम्ती कार्य योजना तयार गरिएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य रेशम भण्डारी, जिल्ला कमिटी सचिवालय सदस्य देव बहादुर थापा, जिल्ला कमिटी सदस्य दिनेश केसी, वडा अध्यक्षका उम्मेदवार खुम बहादुर थापा (राजु) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चुनावी सभा नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष रेशम छन्त्यालको अध्यक्षता, वडा कमिटी अध्यक्ष कलानिधि सुवेदीको स्वागत र जिल्ला कमिटी सदस्य ईश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...