अधुरा काम पुरा गर्न अवसर दिनुहोस ः श्रीप्रसाद रोका

Shreekrishna hardware

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–३ किटिनीमा आइतबार नेपाली काँग्रेसले चुनावी सभा गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले राजनितिक स्थायीत्व, दिगो विकास, सुशासन कायम गर्न र समृद्धीको लागि आसन्न चुनावमा काँग्रेसका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार श्रीप्रसाद रोकाले पहिलो कार्यकालमा थालेका कामलाई पूर्णता दिन पुन एकपटक पालिकाको नेतृत्वका लागि अवसर दिन आग्रह गर्नुभयो । पहिलो कार्यकाल सिकाईमा वितेको बताउँदै रोकाले आगामी कार्यकालमा विदेशिएका युवाहरुलाई स्देश फर्काउने र बेरोजगार युवालाई रोजगारी दिने खालका योजना ल्याउने बताउनुभएको छ ।

Shreekrishna
Ban devision notice

पाँच वर्षे कार्यकालमा विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सफल भएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले आफ्नो कार्यकालमा वडामा समग्र विकासको जग बसाल्ने र सुशासन कायम गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले वडा अध्यक्षको भुमिकामा रहँदा सबै वडाबासीको अपेक्षा, माग र आवश्यकता बुझेर आफुले काम गरेको बताउनुभयो । गाउँपालिकालाई थप विकसित ,सुशासन र समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

वडा अध्यक्षका उम्मेद्वार श्यामबहादुर बुढाथोकीले वडाबासीको सुझाव, आवश्यकता र समस्या बुझेर आफुले काम गर्ने उद्घोष गर्नुभयो । वडामा सुशासन, जवाफदेहिता, स्थानीयबासीको सहभागिता र योग्यतालाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा कांगे्रस म्याग्दीका पुर्व प्रवक्ता तथा कांग्रेस नेता अजयमिलन श्रेष्ठ, प्रदेशसभा खका सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेदवार टंकप्रसाद पुन प्रदेश (क) का उपसभापति सुजन बरुवाल, मालिका गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक मोहन छन्त्याल, कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन, महाधिवेशन प्रतिनिधी देविका बुढा, कार्यपालिका सदस्य कुलमान पटेल, वडा सदस्य उम्मेद्वार बालकुमारी रोका मगर, तरुणदल वडा इकाई अध्यक्ष पुर्वराज पुनले सम्बोधन गर्नुभएको थियो । निर्वाचन परिचालन समितिका संयोजक छन्त्यालको सभापतित्व ,वडा इकाई सभापति हरिप्रकाश पुनले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...