पाँच वर्षमा मालिकालाई उत्कृष्ट पालिका बनाएर देखाउछु ः जुग्जाली

Shreekrishna hardware

दरवाङ, । नेकपा माओवादी केन्द्रले आइतबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा चुवानी सभा गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जालीले पाँच वर्षभित्र उत्कृष्ट र नमुना गाउँपालिका बनाउने घोषणा गर्नुभयो ।

“गाउँपालिकालाई सम्बृद्ध, विकसित र गतिशिल बनाउन सबैभन्दा पहिले मालिकाको हेडक्वाटरलाई सुधार गर्न हाम्रो टिमको खाँचो छ,” उहाँले भन्नुभयो “कर्मचारीलाई विश्वासमा लिएर, सहज हिसाबले जनताको काम गर्ने वातावरण बनाएर शुसासन कायम गर्छौ ।”

Shreekrishna

पालिकाको सेवालाई भ्रष्ट्राचारमुक्त, अनुशासन कायम, गतिशिल, भेदभावरहित र छिटो छरिटो बनाएर विकास निर्माणमा केन्द्रित हुने जुग्जालीको भनाई थियो । विकास, शुसासन र सेवा प्रवाहका हिसावले मालिकालाई देशकै नमुना र उत्कृष्ट बनाउने जुग्जालीको भनाई थियो ।

“बिमबासीसँग गरेको प्रतिवद्धता जसरी पुरा गरेर पालिकाको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा आएको छु । त्यसरीनै गाउँपालिकाको नेतृत्व गरेर शिर उचो बनाउनेछु,” जुग्जालीले भन्नुभयो “पाँच वर्षमा काम अधुरै भयो भनेर उहि पदका लागि फेरी भोट माग्न आउने छैन् । सबै प्रतिवद्धता पुरा गरेरै छाड्छु ।”

पालिकामा आउने बजेटका प्रभावकारी परिचालनका साथै, संघीय र प्रदेश सरकारसँग समन्वय गरेर दरवाङ देखि सात वटै वडा जोड्ने सडकलाई बाह्ै महिना सवारी साधन चल्ने बनाउने, खोलामा पुल निर्माण, खानेपानी, विद्युत र सिचाई सुविधा विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो । दरवाङ बजारको खानेपानी योजनालाई पूर्णता, नदीनियन्त्रण, भलबाढी, सडक र यातायात ब्यवस्थापनमा प्राथमिकता दिने बताउनुभयो ।

कृषि उपजको बजार सुनिश्चितताका लागि दरवाङमा कृषि उपज संकलन केन्द्र सञ्चालन गर्ने, सवै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने, सवै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर बनाउने, सरोकारवालाहरुसँग समन्वय गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना


युवाहरुलाई सिपमुलक तालिम दिएर जलविद्युत र अन्य विकास आयोजनामा परिचालन गरेर रोजगार दिने तथा महिलाहरुलाई आयआर्जनको अवसर सिर्जना गरेर आत्मनिर्भर बनाउने, सामाजिक विकृति न्युनीकरण गरेर सभ्य र सुरक्षित समाज बनाउने प्रतिवद्धता जनाउनुभयो ।
गाउँपालिकाको उपाध्यक्षका उमेद्वार समेत रहेकी माओवादी केन्द्रकी गण्डकी प्रदेश सदस्य गौरी सेञ्चुरीले माओवादी आन्दोलनकै कारण दलित, महिला, जनजाती समुदायले हरेक क्षेत्रमा प्रतिनिधित्वको अवसर पाएको बताउनुभयो । संघीय ब्यवस्थालाई संविधानको भावना र मर्म अनुसार पालिका सञ्चालन गर्न माओवादीका उमेद्वारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

चुनावी सभामा सहभागि भएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले दरवाङमा भएको चुनावी सभामा उर्लिएको जनसागरले मालिका गाउँपालिकामा माओवादीको जित सुनिश्चित गरेको बताउनुभयो ।

नेकपा एकीकृत समाजबादीका म्याग्दीका सचिव रुद्र किसानले देशको संविधानसंगै ब्यवस्था प्रतिगामी तत्वबाट बचाउन गठनबन्धन गरेर अघि बढेको बताउनुभयो । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीका अध्यक्ष दोरण शेरचनको अध्यक्षता र सचिव धनकुमार पाईजाको संचालनमा भएको कार्यक्रममा कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

मालिकाको सात वटै वडाबाट आएका माओवादीका नेता कार्यकर्ताहरुले दरवाङ बजारमा बाजागाजा सहित ¥याली गरेका थिए । दरवाङ सहित मालिकाको सात वटै वडामा माओवादीले चुनावी सभा, मतदाता भेटघाट र घरदैलो सकेको माओवादी मतदाता शिक्षा र सुरक्षामा केन्द्रित भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...