भारवाङमा बाली उपचार शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ भारवाङमा बाली उपचार शिविर सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीले मालिका गाउँपालिकाको कृषि शाखासँग समन्वय गरेर शुक्रबार आयोजना गरेको शिविरमा १६ जना कृषकहरुले सेवा लिएका छन् ।

Bhautik ministry notice about road

केन्द्रका बाली संरक्षण अधिकृत निर्मला कटुवाल, गाउँपालिकाका कृषि अधिकृत शिक्षित पराजुली, केन्द्रका प्राबिधिक सहायक श्यामशरण कुर्मी र नायव प्राविधिक सहायक प्रमिला पौडेलले सेवा दिनुभएको ।

Shreekrishna hardwear in news

कृषकहरुले रोग किराले नष्ट गरेका बिरुवाको नमुना ल्याएर आएका थिए । नमुनाको आधारमा समस्या पहिचान गरि निशूल्क विषादी, पासो वितरण र रोग किरा ब्यवस्थापनका विषयमा परामर्श दिइएको थियो ।

आलु र मकै खेतीमा केही दिनयता किराको समस्या देखिएको छ । सो किरा ब्यवस्थापनका लागि यसअघि मालिका गाउँपालिका–३ अदिभारामा बुधबार बाली उपचार शिविर गरिएको थियो । सो शिविरमा ४५ जना कृषकहरुले सेवा लिएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...