देविस्थानमा कांग्रेसको चुनावी सभा

Gandaki Kotihome

दरबाङ, । नेपाली काँग्रेसका उमेद्वारहरुले शनिबार म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा चुनावी प्रचारका लागि सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले नेपालको राजनीतिक परिवर्तनमा काँग्रेसको नेतृत्वदायी भूमिका भएको बताउनुभयो ।

मलिकाको विकास, शुसासन र सम्बृद्धीका लागि काँग्रेसका उमेद्वारहरुलाई जिताउन बानियाले आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्षका उमेद्वार श्रीप्रसाद रोकाले पहिलो कार्यकालमा विकासको जग बसाएको र अब चुनाव जितेमा युवाहरुलाई रोजगार बनाउने योजना ल्याउने घोषणा गर्नुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

विदेशिएका युवाहरुलाई स्देश फर्काउने र बेरोजगार युवालाई रोजगारी दिने खालका योजना ल्याउने गाउँपालिकाको पुर्व अध्यक्ष समेत रहेका रोकाले बताउनुभयो । रोकाले प्रतिस्पर्धी दल नेकपा एमालेका उमेद्वार बेगप्रसाद गर्बुजाले मालिका गाउँपालिकाको विषयमा भ्रम सिर्जना गरेको भन्दै खण्डन गर्नुभयो ।

गाउँपालिका उपाध्यक्षका उम्मेद्वार पिपला बुढाले आफ्नो कार्यकालमा वडामा समग्र विकासको जग बसाल्ने र सुशासन कायम गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले वडा अध्यक्षको भुमिकामा रहँदा सबै वडाबासीको अपेक्षा, माग र आवश्यकता बुझेर आफुले काम गरेको बताउनुभयो । गाउँपालिकालाई थप विकसित, सुशासन र समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो ।

वडा अध्यक्षका उम्मेद्वार मिम पुनले वडाको समग्र विकास, वडाबासीको समस्या, आवश्यकता बुझेर आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस प्रदेशसभा (ख) का सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्वार टंकप्रसाद पुन, मालिका गाउँपालिका चुनाव प्रचारप्रसार संयोजक मोहन छन्त्याल, कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन, प्रचारप्रसार सदस्य लेकबहादुर पुन, वडा सदस्य राजमति बुढा, वडा सदस्य उम्मेद्वार तुल्सी पुर्जा, सरिता विक लगायतले बोल्नुभएको थियो ।
वडा इकाई सभापति भकबहादुर घर्ति मगरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले गर्नुभएको थियो । शनिबार विहान वडा नम्बर ४ को सिस्नेरीमा पनि कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...