बेनीमा नमुना मतदान

Gandaki Pardesh notice

बेनी । जिल्ला निर्वाचन कार्यायल र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा बेनीमा बिहिबार नमुना मतदान भएको छ ।

१०८ जनाले मतदान गरेकामा ८६ मत मात्र पूर्ण सदर भएको छ । एक वटा मत पूर्ण रुपमा वदर भएको र दुई वटा मतपत्र खाली थियो । १९ वटा मत आंशिक रुपमा वदर भएका थिए । अधिकांशले पुरै सात वटा पदका लागि मतदान गरेका थिएनन् ।

स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परिक्षणका लागि नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बजारका बासिन्दा, विद्यार्थी, पत्रकार र ब्यवसायीहरुले नमुना मतदान गरेका थिए । ३० गते हुन लागेको स्थानीय तह चुनावमा पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, महिला, दलित महिला र खुल्ला वडा सदस्या लागि मतदान गर्नुपर्छ ।

अधिकांश मतदाता कुनै दुई चिन्हमा संकेत गर्नुपर्ने खुल्ला सदस्यको मतदानमा अलमलमा परेको पाइएको छ । निर्वाचन आयोगले यसपाली मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरेको छैन् । राजनीतिक दल र उमेद्वारहरुले भने मतदातालाई मतदान गर्ने तरिका सिकाउन थालेका छन् ।

जिल्ला अदालत म्याग्दीका न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नमुना मतदानको शुभारम्भ गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायत सुरक्षा अधिकारी र कार्यालय प्रमुखहरुको पनि उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...