निस्कोट पुगेर एमालेका उमेद्वारले सुनाए सम्बृद्ध मालिका बनाउने योजना

Gandaki Ghumau

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले मंगलबार वडा नम्बर १ निस्कोटमा पुगेर मालिका गाउँपालिकालाई सम्बृद्ध बनाउने योजना सुनाउनुभएको छ ।

निस्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका सचिवालय सदस्य खरमाया बिटालुले एमालेले सक्षम, कर्मठ, इमान्दार र क्षमतावान् व्यक्तिहरुलाई उठाएकाले विजय हासिल गर्ने ठोकुवा गर्नुभयो ।

गाउँपालिकाको अध्यक्षका उम्मेदवार बेगप्रसाद गर्बुजाले क्याम्पसको स्थापना गर्ने, सडकको स्तरोन्नति गरी बाह्रै महिना चल्न सक्ने बनाउने, घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने, कृषिको आधुनिकीकरण तथा जडिबुटीको प्रशोधन र बजारीकरण गरी पालिकाभित्रै रोजगारको अवसर सिर्जना गर्नेलगायत योजनाहरु सुनाउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुनले महिलाहरुलाई सिपमूलक तालिम तथा गोष्ठी सञ्चालन गरी आयआर्जन र व्यवसायिक मूलक क्षेत्रमा आबद्ध गराई आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।

एमाले मालिका गाउँपालिका कमिटीका सचिव सन्तनाथ सुवेदीले गाउँपालिकालाई द्रुत रुपमा विकासको गतिमा अगाडि बढाउनका लागि एमालेको नेतृत्व आवश्यक रहेकाले सोहीअनुसार मतदाताहरुलाई एमालेको पक्षमा मतदान गरी एमाले उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले निस्कोटका वडा अध्यक्षका उम्मेदवार बुद्धी पुन, सदस्य पदका उम्मेदवाहरु टकबहादुर पुन, सुनमति विक र दसरी विकले आ–आफ्नो योजना सुनाउँदै मतदाता समक्ष भोट माग्नुभएको छ ।

एमाले निस्कोट वडा कमिटी अध्यक्ष यामबहादुर चोचाङ्गीको अध्यक्षता, सचिव झकमान पुनको सञ्चालन र वडा सदस्य उम्मेदवार हरि पुनको स्वागतमा सम्पन्न कार्यक्रममा चक्रपाणी कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...