लुलाङमा एमालेको चुनावी सभा

Gandaki Ghumau

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा एमालेका उमेद्वारहरुको टोलीले चुनाव प्रचारप्रसार गरेका छन् ।

गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन, उपाध्यक्षका उमेद्वार प्रगति कार्की, वडा अध्यक्षका उमेद्वार अकप्रसाद बिक लगायतको टोलीले लुलाङ, खोरीया र लमसुङमा घरदैलो र चुनावी सभा गर्नुभएको हो ।

लुलाङको चुनाबी सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देश विकास र जनमुखी नीति, कार्यक्रम तथा बजेट ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna

एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पुष्कर विकले दलित, उत्पीडित, किसान र सर्वहारा वर्गको अधिकार सुनिश्चित गर्न एमालेको नेतृत्वलाई स्थापित गर्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीका उपसचिव एवं धवलागिरि गाउँपालिकाको अध्यक्षका उम्मेदवार थमसरा पुनले दुर्गम तथा विकट क्षेत्रको विकास, महिलाको आर्थिक सशक्तिकरण र युवालाई गाउँमै स्वरोजगार बनाउन पुनः एकपटक आफू निर्वाचनमा होमिएको बताउनुभयो ।

Gunasthariya Shiksya

एमाले धवलागिरि गाउपालिका कमिटी अध्यक्ष एवं पालिकाको कार्यवाहक अध्यक्ष रेशम छन्त्यालले सर्वहारा र श्रमजीवी वर्गको प्रतिनिधित्व नेकपा एमालेले मात्रै गर्ने भएको हुँदा आगामी चुनाव पनि एमालेले नै जित्ने दावी गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार प्रगति कार्कीले धवलागिरि गाउँपालिकामा रहेको स्रोतसाधनको परिचालन गरी पालिकाको समुचित विकास गर्न आफू चुनाबी मैदान उत्रिएको बताउँदै जनप्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्रदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ ।

एमाले म्याग्दीका जिल्ला सदस्य ईश्वर सुवेदी, एमाले नेता दलमान विक, लुलाङको वडाध्यक्षका उम्मेदवार अकप्रसाद विक, वडाध्यक्ष गमप्रसाद विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...