उत्पीडितको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी मिना

Gandaki Kotihome

बेनी । रघुगंगा गाउँपालिका–६ फुलडाडाँकी २८ वर्षीय मिना विक स्थानीय तह चुनावमा पालिकाको प्रमुख पदमा उमेद्वार बनेकी सम्भवत नेपालकै एकमात्र दलित महिला भएको दावी गरिएको छ ।

बच्चा बोकेर चुनाव प्रचारमा हिडेकी मिनालाई नेकपा माओवादी केन्द्रले म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षको उमेद्वार बनाएको छ । धेरैले औपचारिकताका लागि विकलाई गाउँपालिका अध्यक्षको उमेद्वार बनाएको टिप्पणी गरिरहँदा उनको प्रस्तुति र भोट माग्ने तरिकाले धेरैलाई प्रभावित मात्र बनाएको छैन भावुक बनाउन थालेको छ ।

“म काम गरेर खाने दलित महिला के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?,’’ मिनाले हरेकजसो सभा र भेलामा भन्नुहुन्छ “यो हामी दलित समुदायको लागि अवसरसँगै चुनौति पनि हो । सबै दलित समुदाय एक भएर साथ दिनुभयो भने सम्भव पनि छ ।”

Shreekrishna hardwear in news
बच्चा बोकेर चुनाव प्रचारमा हिडेकी माओवादी केन्द्रबाट रघुगंगा गाउँपाकिलाको अध्यक्षकी उमेद्वार मिना बिक ।

“पैसा, पावर र उपल्लो जातीका लागि मात्र होइन, हामी दलित, गरिव, विपन्न र दुखी गरिवहरुको लागि पनि हो,” मिना भन्नुहुन्छ “हामी कति अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।”

गाउँपालिका अध्यक्ष जितेमा दलित समुदायको उत्थानको साथै अन्य समुदायका गरिव विपन्नको समस्याप्रति ध्यान दिने मिनाको भनाई छ । उमेद्वार बनाउने छलफल चल्दा धेरै माओवादी नेताहरुले मिनालाई सामान्य महिलाको रुपमा सोचेका थिए । तर चुनाव प्रचार अभियानमा उहाँको प्रस्तुतिले प्रभावित बनाएको र धेरैका आँखा रसाएका माओवादीका गण्डकी प्रदेश सदस्य समेत रहेका प्रदेश सांसद बिनोद केसीले बताउनुभयो ।

चुनावमा दलितको मतलाई किनवेच गरेर बदमान गरिएकोमा दुखेसो पोख्दै मिनाले लोभ लाचलमा नफस्न आग्रह गर्दै आफ्नै छोरी चेली सम्झिएर भोट हाल्न आग्रह गर्नुहुन्छ । मिनाले दलित समुदायको भोग्दै आएको विभेदको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिदाँ भाषण सुन्न आएकाहरुका आँखा रसाउने गर्छन् । मिना उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रनुभएको छ ।

Notice about ban dadalo

मिनाको उमेद्वारीले रघुगंगाको दलित वस्तीमा जागरण ल्याएको माओवादीका गाउँपालिका अध्यक्ष हरि भण्डारीले बताउनुभयो । स्थानीय तहको प्रमुख पदमा उमेद्वार हुने मिना सम्भवत एकमात्र दलित महिला भएको भण्डारीको भनाई छ ।

आसन्न स्थानीय तह चुनावमा रघुगंगामा माओवादीले भगवतिका निवर्तमान वडा अध्यक्ष रिम कटुवाललाई गाउँपालिका उपाध्यक्षको उमेद्वार बनाएका छन् । वडा नम्बर १, २ र ३ मा घरदैलो, टोल टोलमा कोणसभा गरेर प्रचारप्रसार गरिसकेका छन् । गाउँपालिका अध्यक्षमा एमालेले प्रेमबहादुर कार्की र काँग्रेसले भवबहादुर भण्डारीलाई उमेद्वार बनाएका छन् ।

बेनी नगरपालिका–१० पात्लेखेत माइति भएकी मिनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी बिवाह भएको थियो । अनेरास्ववीयु क्रान्तिकारी र वाइसीएलमा आवद्ध भएकी मिना बिवाह पछि राजनीतिमा निष्क्रीय हुनुहुन्थ्यो ।

गाउँमै खेतीकिसानी गरेर जिविकोपार्जन गर्दै आएकी मिना पछिल्लो समय माओवादीको सम्पर्कमा आएर उमेद्वार बन्नुभएको हो । उहाँका जेठा छोरा दश वर्षका छन् । दुई वर्षका छोरालाई बोकेर भोट माग्न घरदैलो अभियानमा हुनुहुन्छ । मिनाका श्रीमान पनि सँगै चुनाव प्रचारमा हुनुहुन्छ ।

मिना गाउँपालिका अध्यक्षको उमेद्वार भएको खबरले खुसी भएका फुलडाडाका गौबहादुर विश्वकर्माले मिनाको खुट्टा ढोगेर बिजयको शुभकामना दिनुभएको थियो । जन्मथलोबाट चुनाबी अभियान सुरु गर्नुभएकी मिनालाई गाउँलेहरुले हर्षित हुँदै दुर्गम गाउँको दलित महिला पनि गाउँपालिका अध्यक्षको दावि गर्दै नेतृत्वमा पुग्न प्रतिस्पर्धामा उत्रिएको भन्दै खुसीले हर्षविभोर भएर हाँसु नै खसालेर खुट्टा समाएर बधाई दिनुभएको थियो ।

मतदातालाई प्रभाबमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...