डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा

Gandaki Ghumau

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमवार बेनी नगरपालिकाको डाँडाखेत, बगुवाखोला र छापमा चुनावी सभा गरेका छन् ।
एमालेका नगर प्रमुखका उमेद्वार सुरत केसी, उपप्रमुखका पशुपति शाही तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टोलीले चुनावी सभा, मतदाता भेटघाट र घरदैलो गरेर प्रचारप्रसार गरेका हुन् ।
सभालाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला ईन्चार्ज भुपेन्द्र थापा, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटी अध्यक्ष नारायण जिसी, लगायतले सम्वोधन गर्नुभएको थियो ।
नगर प्रमुखका उम्मेदवार केसीले युवाहरुलाई सिप तथा क्षमता विकास गरि आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, सवै बस्तीहरुको सडकलाई स्तर उन्नति गरि बाह्रै महिना संचालन गर्न सकिने बनाउने, शिक्षा र स्वास्थ्यमा विकास गरि नागरिकहरुलाई सचेत र शिक्षित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपमेयरका उम्मेदवार शाहीले महिला सशक्तिकरण र जागरणका कार्यक्रम संचालन गरि वडाका सवै महिलाहरुलाई आयआर्जनमा समावेश गराउने योजना अघि सारेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ५ का अध्यक्षका उम्मेदवार गोविन्द बानियाँ र वडा नम्वर ६ का अध्यक्षका उम्मेदवार कृष्णसिंह बानियाँले वडाको समृद्धि र विकासका एमालेले जित्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारहरुले गीत, नृत्य सहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...