डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

Gandaki Ghumau

बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।

सिंगा र तातोपानीमा कोणसभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेलको टोलीले डम्मरा, चुत्रेनी, कोठेसाँघु, बगुवाखोला, ठुलोखोला र राक्सेमा घरदैलो गरेका हुन् ।

संयुक्त टोलीले तातोपानीमा प्राकृतिक अस्पताल सञ्चालन गर्ने, खानेपानी आयोजना निर्माणलाई पूर्णता दिने, तल्लो र उपल्लो बजारको सडक ब्यवस्थापन गर्ने, मसार, तातोपानी, राक्से, सिंगामा नदी नियन्त्रण, सिचाईका योजनालाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

मेयरका उमेद्वार शर्माले बेनीलाई सम्बृद्ध, सुन्दर, स्वस्थ्य, हराभरा नगरपालिकामा रुपान्तरण गर्न समग्र नगरको वृहत्तर गुरुयोजना बनाएर शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, पहिरो तथा नदी नियन्त्रण, कृषि औद्योगिक विकास, सहरी योजना तयार गर्ने बताउनुभयो ।

उपमेयरका उमेद्वार ज्योती लामिछानेले गणतन्त्रको रक्षा, भौतिक पूर्वाधारको दिगो विकास, महिला, किशोरीको आर्थिक स्रोतमा पहुँच सहितको शसक्तिकरण, युवालाई रोजगारी र शुसासनयुक्त नगरपालिका बनाउने मुद्दा कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आव्हान गर्नुभयो ।

कृषि उपजको भण्डारणका लागि नगर क्षेत्रमा कोल्ड स्टोर बनाउने योजना गठबन्धनले अघि सारेको बताउनुभयो । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशम बानिया, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मिनबहादुर कार्की, माओवादी केन्द्रका नगर अध्यक्ष सेरबहादुर केसीले संविधान र ब्यवस्थाको रक्षा, विकास, सुसासन र सम्बृद्धीका लागि गठबन्धन बनेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष तथा वडा अध्यक्षका उमेद्वार अणबहादुर खड्का (भगवान)को अध्यक्षता, काँग्रेसका वडा सभापति तथा वडा अध्यक्षका उमेद्वार सुमन बानियाको स्वागत, माओवादीका वडा कमिटी अध्यक्ष तथा वडा सदस्यका उमेद्वार केन खत्री (सन्दिप)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...