रघुगंगामा काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध परेको उजुरी खारेज

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उमेद्वार भवबहादुर भण्डारी विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उमेद्वार सागर भण्डारीले वैशाख १३ गते काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध गाउँपालिकाको जग्गा ब्यवस्थापनका क्रममा व्यक्तिगत जग्गामा सरकारी लगानी गरेको आरोप लगाउदै उमेद्वारी रद्द गर्नुपर्ने माग सहित उजुरी गर्नुभएको थियो ।

व्यक्तिको जग्गामा गाउँपालिकाको भवन निर्माण गरेर बजेट दुरुपयोग गरेको भन्ने आरोप उपर दावी नपुग्ने भएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो ।

Shreekrishna

रघुगंगा गाउँपालिकाको मौवाफाँटमा प्रशासनिक भवन निर्माणका लागि स्थानीयबासीले उपलब्ध गराएको २५ रोपनी जग्गा सम्बन्धित धनीको सहमति, गाउँसभा, कार्यपालिका र आमभेलाको निर्णय अनुसार व्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३÷३३ प्रतिशत बाँडफाड गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले बताउनुभयो ।
सबै कानुनी प्रक्रीया पुरा गरेर जग्गा ब्यवस्थापन गरि सभाहल बनाइसकेको र प्रशासनिक भवन निर्माणको क्रममा रहेको बताउदै भण्डारीले सो विषयमा बेरुजु रहेको र अनियमितता भएको भनेर लगाइएको आरोप निर्वाचन अधिकृतको कार्यालयको अनुसन्धानका क्रममा पुष्टि नभएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

Gunasthariya Shiksya

“गाउँपालिकाको भवन मात्र नभएर स्वास्थ्य इकाई, स्वास्थ्य चौकी र प्रहरी चौकीको भवनका लागि पनि विभिन्न ठाउँमा मैले जनप्रतिनिधीको हैसियतमा पहल गरेर निशूल्क जग्गा ब्यवस्थापन गरेको छु,” उहाँले भन्नुभयो “गाउँपालिकाको काम गर्दा बरु मैले व्यक्तिगत खर्च गरेको छु तर सरकारको एक रुपैया पनि दुरुपयोग गरेको छैन् । पुष्टि भयो भने राजनीतिबाटै अलग हुन्छ ।”

उजुरीको छानविन पछि रघुगंगाको निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र स्विकृत भएका उमेद्वारहरुको नामावली बिहिबार सार्वजनिक गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले अराजनीतिक संस्कार देखाउनेको प्रतिवद्ध गरिने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...