मालिकामा माओवादीले बिमबाट थाल्यो चुनाव प्रचार

Gandaki Ghumau

बिम,। यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकामा वडा नम्बर ७ बिमबाट बुधबारदेखि चुनाव प्रचार अभियान शुरु गरेको छ ।

बिमको तल्लोगाउँमा सभा गर्दै माओवादीले मालिका गाउँपालिका स्तरीय चुनाव प्रचार अभियान औपचारिक रुपमा शुरु गरेको हो । बिम माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जाली (सुविन)को गाउँ हो ।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक समेत रहेका जुग्जालीले मालिकालाई सम्बृद्ध, बिकसित र शुसासन युक्त बनाउने प्रमुख कार्यसूचि रहेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“बिमको वडामा असहज र प्रतिकुल अवस्थाा बावजुद पनि अभिभावकीय भूमिका निर्वाह गर्ने अवसर दिनुभएकोमा आभार र धन्यवाद ब्यक्त गर्दछु,” उहाँले भन्नुभयो “बिमसँगै समग्र मालिकालाई विकासमा अघि दौडाउन पालिकाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको हो ।”

जुग्जालीले गाउँमा पुगेका सडकमा गुड्ने सवारी साधनबाट गाउँका उत्पादनलाई बजारमा पु¥याई आर्थिक स्तर सुधार गर्ने, कृषि उपजको बजार सुनिश्चित गर्ने, सडकलाई सुरक्षित र भरपर्दो बनाउने, किसानी प्राबिधिक शिक्षालयलाई ब्यवस्थित बनाउने र गाउँपालिकामा क्याम्पस सञ्चालन गर्न प्राथमिकता दिने बताउनुभयो ।

उपाध्यक्षका उमेद्वार तथा माओवादीका गण्डकी प्रदेश सदस्य गौरी सेञ्चुरीले माओवादीको नीति अनुसार जारी भएको संबिधानमा उल्लेख भएको ब्यवस्थाले अहिलेको परिवर्तन सम्भव भएकाले त्यसको सफल कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

वडा अध्यक्षका उमेद्वार रुविन जुग्जालीले वडा र पालिकामा माओवादीको नेतृत्व आएमा बिमको विकासले थप गति लिने बताउनुभयो । बिमलाई कृषि, जलविद्युत, पर्यटन र शिक्षाको केन्द्र बनाउन माओवादीलाई जिताउन उमेद्वार जुग्जालीले आग्रह गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...