बेनीका मेयरको प्रतिवद्धतापत्रमा समेटिनुपर्ने विषय

Gandaki Pardesh notice

हरिप्रसाद पौडेल
बेनी, २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी बेनी नगरपालिका मेयरमा उम्मेदवारी पेश भैसकेको अवस्थामा नगर मेयरले गर्नैपर्ने कामको सूचि पेश गरिएको छ । यसमा समेट्नुपर्ने अझै धेरै विषय हुन सक्छन् । मेयरका उम्मेदवार हरुको प्रतिवद्धता तथा दलका घोषणापत्रमा यि र अन्य थप विषय समेटिन सक्लान नसक्लान वा यो भन्दा बढि पनि अट्लान । तर आगामी पाँच वर्षभित्र के के गर्नुपर्ला नागरिकका अपेक्षा केके होलान भन्ने जिज्ञासा उम्मेदवारहरुमा पनी हुनसक्छ त्यसैले उम्मेदवार हरुलाई केही सजिलो पनि होस र नागरीकका भावनाहरु पनी बाहिर आउन भन्ने उद्देश्यले केहि योजनाका सूचिहरु पेश गरेको छु । थपघट गर्ने र आवश्यक सल्लाह दिने कार्यमा नगरका प्रवुद्ध ब्यक्तिहरुको ध्यान जानेनै छ ।
🙏सबै वडा कार्यालय र बस्तिमा १२ महिना यातायातको सुबिधा दिन ।
🙏सवै घर कुरियालाई एक घर एक धारा खानेपानी को ब्यबस्था गर्न ।
घोप्टे खोला लगायतका निर्माणाधीन योजना को द्रुततर कार्यान्वयन तथा नयाँ योजना थप गर्न ।
🙏बेनी बजार लाई तार रहित कलर कोड सहितको पर्यटन सहरको रूपमा बिकास गर्न र नगरका अन्य बस्तिहरुलाई बजारोन्मूख बस्तिको रुपमा बिकास गर्न ।
🙏सहकारी मोडल बाट फोहोरको उचित ब्यवस्थापन गरी बेनी नगरपालिका लाई स्वच्छ बातावरण मैत्री न.पा. बनाउन । ल्याण्ड फिल्ड साईट निर्माण, फोहोर को वर्गिकरण र पुनः प्रयोग ।
🙏बेनी नगरपालिका बालमैत्री नगरपालिका बनाउन ।
,🙏निःशुल्क आधारभुत शिक्षाको ग्यारेन्टी गर्दै प्राविधिक शिक्षा सञ्चालन तथा जेहन्दार छात्रवृत्ति प्रदान गर्न ।
🙏 सुलभ दरमा गुणस्तरीय इण्टरनेट को पहुँच सबै नागरिक सम्म पु¥याउन । ब्यक्तिगत घटना दर्ता तथा कर भुक्तानी लाई डिजिटल बनाउन ।
🙏 नगर सूचना केन्द्र स्थापना गर्न ।
🙏 सामुदायिक पुस्तकालय लाई स्तरोन्नति गर्दै डिजिटल लाईब्रेरी को रूपमा विकास गर्ने र प्रभावकारी बयस्क सिकाई मार्फत बैचारिक तथा खोजमूलक अध्ययनशील नागरिक निर्माण गर्न ।
🙏 बालबालिकाको मोबाइलको बढ्दो प्रयोग लाई न्यूनिकरण गर्दै आवश्यकता का आधारमा डिजिटल लाईब्रेरी मा जोड्ने ब्यवस्था गर्न ।
🙏 आधुनिक जिवन पद्धति मा जिउन चाहने युवा पुस्ता लक्षित विकास र पर्यटन का नयाँ सम्माव्यता अध्ययन तथा कार्यान्वयन गर्न ।
🙏 प्रगतिशील कर प्रणाली लागु गर्दै करको दर घटाउने दायरा फराकिलो वनाउने र जुन क्षेत्रवाट उठेको कर हो कम्तिमा ५०% कर सोही क्षेत्रको बिकासमा लगाउन ।
🙏उत्पादन गर्नुस हामी किन्छौं नारा सहित कृषि र पशुपालनमा आधारित उद्योग ब्यबसाय सञ्चालन गरी आत्म निर्भर पालिका बनाउन । उत्पादनमा अनुदानको व्यवस्था, न्यूनतम ब्याजदरमा कृषि पशुपालन कर्जाको ब्यबस्था ।
🙏जिल्ला सदरमुकाम रहेको तथा जिल्लाको एकमात्र नगरपालिका भएको हुंदा सबै जातजातिको मौलिक संस्कृति झल्काउने सास्कृतिक संग्रहालय निर्माण गर्न ।
🙏गलेश्वर–टोड्के पदमार्ग र सिंगा तातोपानी–टोड्के केबलकार निर्माण तथा टोड्केमा थप पुर्वाधार निर्माण मार्फत पर्यटन प्रवर्द्धन गर्न ।
🙏नगरपालिका भित्र पर्ने प्रदेश तथा संघिय योजनाहरु ठिक समयमा सञ्चालन र ठिक समयमा निर्माण सम्पन्न गर्न गराउन ।
🙏नागरिकको स्वास्थ्य रहन पाउने मौलिक हकको सुनिश्चितता को लागि सवै स्वास्थ्य चौकीमा आधारभूत तहको उपचार पाउने ग्यारेन्टी गर्न । बेनपा ६ मा स्वास्थ्य चौकी स्थापना गर्न ।
🙏आवश्यकता अनुसार योग साधना गर्ने ब्यवस्था गर्न ।
🙏मिचिएका सार्वजनिक जमिन फिर्ता गराउन तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न ।
🙏ज्यामरुककोत डढेकोत बेनी कोत ढोलठान दरबार सहित नगरभित्रको ऐतिहासिकता भावि पुस्ताको लागि संरक्षण गर्ने दायित्व निर्वाह गर्दै पर्यटन संग जोड्न ।
🙏“मेरो वडा मेरो पहिचान“ योजना सञ्चालन गर्दै सम्भाब्यता अध्ययन गरी १० वडा १० पहिचानका योजना कार्यान्वयन गर्न।
🙏बेनपा ६ को जामुनाखर्क र पर्वत जिल्लाको जलजला ३ मल्लाजलाई झोलुङ्गे पुलले जोड्न ।
🙏बेनि नगरपालिका लाई सुबिधा सम्पन्न बैदेशिक सहर संग मैत्रीपूर्ण सम्बन्ध बिस्तार गरेर बिकास गर्न ।
🙏 आर्थिक विपन्न घरधुरीलाई निः शुल्क विधुतीय चुलो वितरण तथा बिद्युत मा अनुदानको ब्यबस्था गर्न ।
🙏 लिफ्ट सिंचाईको सम्भाब्यता अध्ययन तथा कार्यान्वयन गर्न । सोलार पम्पिङ सिस्टमबाट म्याग्दी खोलाको पानी पुलाचौर पुर्याएर सिंचाई योजना सञ्चालन गर्न ।
🙏 गलेश्वर–बेनी–तातोपानी,बेनी–अर्थुङ्गे–पात्लेखेत, बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी––बौर–भकिम्ली नगर बस सञ्चालन गर्ने ।
🙏 गरिबी परिचयपत्र वितरण गर्ने र अति विपन्नलाई निः शुल्क स्वास्थ्य वीमा सुविधा उपलब्ध गराउन ।
🙏 रगत दिनुपर्ने बीरामिलाई रगत उपलब्ध गराउदा लाग्ने सवै खर्च निःशुल्क गर्ने ब्यवस्था गर्न ।
🙏 बिपन्न परिवारलाई लक्षित गरी निः शुल्क शवदाह गर्ने ब्यवस्था मिलाउन ।
🙏 चौपारी, मठ मन्दिर तथा देवालयको संरक्षण गर्दै पर्यटन संग जोडेर आय आर्जनमा जोड दिन ।
🙏 युवा क्लव आमा समुह मार्फत सामाजिक जागरणका कार्य गर्न ।
🙏 नौमति बाजा तथा जातिय संस्कृतिको संरक्षण गर्दै अन्तरपुस्ता सिप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने ब्यवस्था गर्न ।
🙏 नगर बहुउद्देश्यीय पार्क निर्माण गरी जेष्ठ नागरिकको समय ब्यवस्थापन तथा बालबालिका को चौतर्फी विकासमा सहयोग गर्न ।

Bhautik ministry notice about road

लेखक नेपाली काँग्रेसको बेनी नगर उपसभापति हुुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...