बेनीको मेयरका उमेद्वार शर्माको प्रतिवद्धतापत्र सार्वजनिक

Shreekrishna hardware

बेनी, । स्थानीय तह चुनावमा बेनीको मेयरमा नेपाली काँग्रेसका उमेद्वार चिरञ्जिवी शर्माले आइतबार प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

बेनीको संगमचोक स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर गरेर “बेनी नगरलाई बेनी जस्तै बनाऔ, ऐतिहाँसिक धरोहरलाई जागृत तुल्याऔ” भन्ने नारा सहितको ६ वटा क्षेत्र सँग सम्बन्धित विषयलाई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

दश वटै वडाको सन्तुलित र समानुपातिक विकासको अवधारणालाई आत्मसात गर्दै २० वर्षे रणनीतिक योजना बनाएर पाँच वर्ष भित्रमा वडाको केन्द्र जोड्ने सवै सडक कालोपत्र गर्ने घोषणा गर्नुभयो ।

Shreekrishna

अर्थुङ्गे–मल्लाज, अर्थुङ्गे–ज्यामरुककोट, पुलाचौर भकिम्ली जोड्ने लामा पुलको सम्भाव्यता अध्ययन गर्ने, नदी तथा पहिरो नियन्त्रण, युवालाई स्वरोजगार बनाउने, कृषि र पशुपालनको पकेट क्षेत्र बनाएर हरेक उत्पादनमा मेयर कार्यक्रम लागु गर्ने, कोल्ड स्टोर बनाउने बताउनुभयो ।

मेयरसँग दलीत कार्यक्रम मार्फत पाँच वर्षभित्र छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने, सुत्केरीलाई पोषण सामग्री सहितको कोशेली दिने, विपन्नलाई विद्युतीय चुल्हो वितरण गर्ने, एकल पुरुषलाई भत्ता दिने, बेनी बजारलाई ताररहित र कलरफुल नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Ban devision notice

१२ कक्षा उतिर्ण विद्यार्थीलाई कोटा निर्धारण गरेर उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने, टुरिजम, होटल म्यानेजमेन्ट जस्ता प्राविधिक विषयको अध्ययन शुरु गराउने, अतिक्रमणमा परेका सम्पति फिर्ता गरेर सार्वजनिक उपभोगमा ल्याउने, विदेशमा प्रवाशी म्याग्देलीलाई सदभावना दुत नियुक्त गर्ने, विभिन्न संघ सस्था र पालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने, बेनपा ६ मा छुट्टै स्वास्थ्य चौकी बनाउने, सवै वडा स्तरीय खेलमैदान बनाउने उमेद्वार शर्माले बताउनुभयो ।

नगरभित्र रहेका धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, वरपिपल आदीको संरक्षण, गलेश्वर–टोड्के पदमार्ग र तातोपानी– टोड्के स्वर्गाश्रम केवरकारको सम्भाव्यता अध्ययन, युद्ध संग्रहालय स्थापना, गलेश्वरधाम तथा सिंगा तातोपानी कुण्डलाई विशेष प्राथमिकतामा राखेर संरक्षण, विकास र प्रर्वद्धन गने उमेद्वार शर्माको योजना छ ।

औद्योगिक ग्राम स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, कोरला नाका खुलाउन पहल गर्ने, विपद् राहत कोष बनाउने, डम्पीङ साइटको ब्यवस्था र योग तथा ध्यान केन्द्र स्थापना, गाइभैसीको सुत्केरी भत्ता दिने, द्धन्द्धपिडित र विपन्नलाई निशूल्क स्वास्थ्य विमाको ब्यवस्था मिलाउने योजना अघि सार्नुभएको छ ।

बेनीमा सत्ता गठबन्धनका साझेदार दलहरुसँग तालमेलको छलफल भएकाले उपमेयर सहित घोषणापत्र केही दिनमै सार्वजनिक गर्ने उमेद्वार शर्माले बताउनुभयो । नेपाली काँग्रेसका बेनी नगरसभापति रविन्द्र कार्कीले आफ्ना उमेद्वार जिताउन पार्टीका सवै संयन्त्र परिचालका साथै प्रतिवद्धता कार्यान्वयमा दवाव दिने बताउनुभयो ।

बेनी नगर उपभासपति हरिप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा, पुर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानिया, जिल्ला उपसभापति केवी भण्डारी, पुर्व सहसभापति नेत्रबहादुर महत लगायतले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...