मनोनयन दर्ताको तयारी पुरा

khali

बेनी, यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि आज मनोनयन दर्ता थालिदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमवार बिहान १० देखि साँझ ५ वजेसम्म समय तोकेको छ । उमेद्वारले अनुकुल समयमा निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न सक्नेछन् । म्याग्दीका ६ वटै स्थानीय तहमा विहिबार स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताको तयारी पुरा भएको जनाएका छन् । २१ वर्ष पुगेका, कुनै पनि फौजदारी अभियोग नलागेका उमेद्वारले एक जना समर्थक र प्रस्तावक बनाएर मनोनयन दर्ता गर्न पाउनेछन् । उमेद्वारको मनोनयन दर्ताका लागि सम्बन्धित वडा र पालिकाको मतदाता हुनुपर्नेछन् । मनोनयन दर्ताका लागि महिला र दलित महिला सदस्यले रु. ७५० र अन्य पदमा उमेद्वार बन्नेले रु. एक हजार ५०० धरौटी राखेको बैंक भौचर वा नगदी रसिद पेश गर्नुपर्नेछ् । मनोनयन दर्ताका क्रममा आचार संहिता पालनामा ध्यान दिन आग्रह गरिएको छ ।

khali

गत स्थानीय तह निर्वाचनमा काठमाडौ, बिराटनगर, बिरगंज लगायत महानगर पालिकामा मनोनयन दर्ताका लागि धेरै संख्यामा उमेद्वार आउँदा समय ब्यवस्थापनमा समस्या देखिएपछि यसपाली मनोनयन दर्ताका लागि दुई दिन समय छुट्टाएको निर्वाचन आयोगले जनाएको छ । यस अनुसार वैशाख ११ र १२ गते तोकिएको समय १०.०० बजदेखि १७.०० बजेभित्र प्रचलित कानून बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेको कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रकृया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकोले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्ण रुपमा समयमा नै सम्पन्न हुने विश्वास गरिएको छ ।

आयोगले मिति २०७८।१२।४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मिति २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।
निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध रहनुपर्छ । कानूनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सृजना गर्न सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम संचार क्षेत्र लगायत सम्बन्धित सबै सरोकारवालाहरुमा अपिल गरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...