म्याग्दीका छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Gandaki Kotihome

बेनी । म्याग्दीका छ वटै स्थानीय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

बेनीमा मुख्य निर्वाचन र गाउँपालिकाको केन्द्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो कार्यालयबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन सम्बन्धी कार्यसञ्चालन हुनेछ् ।

बेनीको जिल्ला समन्वय समितिको सभाहल र अन्य ठाउँमा गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको हो ।

Upper Myagdi transmition line notice

मूख्य निर्वाचन अधिकृत समेत रहनुभएका पौडेलले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, र भयरहित रुपमा सम्पन्न गराउन राजनीतिक दल, नागरिक समाज लागयत सरोकारवालाहरु भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्वाचनमा धेरै भन्दा धेरै मतदाताहरुको सहभागिता बढाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उन्को भनाई थियो ।

Annapurna aarohan ko notice

यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा ब्यवस्था भरपर्दो बनाउनुभयो । उहाँले मतदाताले सुरक्षित रुपमा मतदान केन्द्रमा पुगेर मतदान गर्ने अधिकारलाई मतदानस्थलमा सुरक्षा ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।

रघुगंगाको मौवाफाँट, अन्नपूर्णको पोखरेबगर, मंगलाको बावियाँचौर, मालिकाको दरवाङमा र धवलागिरीको मूनामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने छन् । साथै उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत काम गर्ने निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो । पालिका प्रमुख, उपप्रमुख वडाअध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते तोकिएको छ ।

अन्नपूर्ण गाउँपालिकामा जिल्ला समन्वय समिति म्याग्दीका समन्वय अधिकारी जानुका सुवेदी, धवलागिरी गाउँपालिकामा उच्च अदालत पोखराका उपरजिष्ट्रार भोलाराज रेग्मी, मंगला गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवत्ता धर्मराज पौडेल, मालिका गाउँपालिकामा आन्तरिक राजश्व विभागका उपन्याधिवत्ता गोविन्द उपाध्याय र रघुगंगा गाउँपालिकामा म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेललाई निर्वाचन आयोगले निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...