बादिकाको सडकमा सास्ती र जोखिम

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँच वटा वडालाई जोड्ने दरवाङ–धारापानी सडकको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ ।

स्तरोन्नतिको क्रममा रहेको सडकको बादिकाको भिर खण्डमा यातायातका साधन सञ्चालनका लागि जोखिम र सास्ती भएको हो । नयाँ मार्ग खोल्ने र विस्तार गर्ने क्रममा पाखोमा फालिएको माटो र गेगरका कारण जोखिम बढाएको छ ।

पानी पर्नासाथ लेदो र पहिरो खसेर सडक अवरुद्ध हुने, सवारी साधन हिलोमा फस्ने, उक्लन नसक्ने समस्या हुन थालेको छ । बुधबार दिउँसोको बर्षापछि लेदो र पहिरो खरेर साँझ सम्म सडक अवरुद्ध हुदा यात्रुहरु अलपत्र परेका थिए । भिरमा पहाड काटेर खनिएको बादिकाको उकालोको सडकको ग्रेड र घुम्ति मिलेको छैन् ।

Upper Myagdi transmition line notice

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सडक निर्माणमा भएको ढिमा गति र लापरबाहीले सर्वसाधारणले सास्ती र पालिकाले दोष पाएको बताउनुभयो । “प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित आयोजना भएपनि जनताले हामीलाई गुनासो गर्छन,” उहाँले भन्नुभयो “कामलाई गति दिन र सहज यातायात सञ्चालनका लागि ठेकेदार र कार्यालयलाई दवाव दिइरहेका छौ ।”

मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड निर्माणका लागि वि.स. २०७६ चैतमा धुलीखेल–ब्राइट–कुँवर जेभीले रु. १४ करोड ३८ लाख ६७ हजार १७६ मा सम्झौता गरेको थियो ।

Annapurna aarohan ko notice

दुई वर्षको ठेक्का सम्झौताको अवधी सकिएपनि अधिकांश काम बाँकी छ । दरवाङ देखि फेदीसम्म सडक विस्तार र पर्खाल निर्माण गरेको ठेकेदारले बादिकाको उकालोमा नयाँ मार्ग खोलेर सडकको ग्रेड मिलाउने र फराकिलो बनाउने काम गरिरहेको छ ।

गत पुष महिनादेखि चैत सम्म सडक निर्माणलाई गति दिन दरवाङ–धारापानी खण्डको सडक बन्द गरिएको थियो । दरवाङ–देविस्थान–जुग्जा–काफलडाडा हुदै मुना जोड्ने सडक धेरै घुमाउरो छ । म्याग्दी नदीमा १० वटा ह्युम पाइप राखेर खारा–भारवाङ हुदै ताकम–मुना जोड्ने सडक पनि पानीको सतह बढेपछि बन्द भएको छ ।

वैकल्पिक सडक बन्द भएपछि दरवाङ–धारापानीको पुरानो सडक खुलाइएको थियो । तर निर्माणाधिन सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपरेको यात्रु तथा यातायात व्यवसायीले गुनासो गरेका छन् ।

दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) बर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर अर्जुन शर्माले सडक निर्माणलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गरिएको बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधीले सडक निर्माण र यातायात सञ्चालन सँगै गर्नुपर्दा असहज र अप्ठ्यारो परेपनि अवरुद्ध भएको सडकलाई डोजर परिचालन गरेर खुलाउने गरेको दावी गर्छन् । यो सडक धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दाका साथै ढोरपाटन जाने आउने पर्यटकले प्रयोग गर्छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...