पालिका र वडा बाँडफाडमा अड्कीयो पाँच दलीय गठबन्धन

Gandaki Pardesh notice

बेनी। आगामी स्थानीय तह चुनावमा जिल्लाका ६ वटै स्थानीय तह र ४५ वटै वडामा साझा उमेद्वार बनाउने सैद्धान्तिक सहमति गरेका म्याग्दीका पाँच दलीय गठबन्धन पालिका र वडाको उमेद्वार बाँडफाँडमा अड्कीएका छन् ।

चैत २४ गतेको सैद्धान्तिक सहमति गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रको त्यसपछि दुई पटक बैठक बसेको थियो । केन्द्रिय संयन्त्रले शनिबारसम्म उमेद्वारको सुचि सिफारिस गर्न जिल्ला संयन्त्रलाई परिपत्र गरेपनि म्याग्दीमा काँग्रेसले पालिका स्तरमा एकपक्षीय उमेद्वार घोषणा गरेको छ ।

नेपाली काँग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उमेद्वार बनाउने भन्ने विषयमा छलफल अड्कीएको बताउनुभयो । संयन्त्रले टुङ्गो लाग्न नसकेपनि गठबन्धन अहिलेसम्म कायमै रहेको सचिब पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

सिट बाँडफाँडका लागि भएको छलफलमा काँग्रेसले अघिल्लो चुनावमा आफुले जितेका पालिका आफुसँगै राखेर एमालेले जितेको थप पचास प्रतिशत वडा र पालिका छोडेर बाँडफाड गर्ने प्रस्ताव गरेका थिए । माओवादी केन्द्रले कम्तिमा दुई वटा स्थानीय तह र १८ वटा वडा अध्यक्षमा दावी गरेका थिए । नेकपा एकिकृत समाजवादी र जसपाले पनि एक÷एक वटा पालिकाको नेतृत्व दावी गरेका थिए ।

केन्द्रिय संयन्त्रबाट सिट बाँडफाडको विषयमा स्पष्ट बिधी नआएको र जिल्लामा सम्मानजनक ब्यवहार नभएपछि छलफललाई थाति राखेर एक्लै चुनाव लड्ने तयारीमा जुटेको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो ।

Bhautik ministry notice about road

काँग्रेसले बेनी नगरपालिकाको उपप्रमुख बाँकी राखेर प्रमुख र वडा अध्यक्षका उमेद्वारहरु सार्वजनिक गरेको छ । मालिकाले दावी गरिरहेको मालिका गाउँपालिमामा काँग्रेसका तर्फबाट बाहलवाला पालिका अध्यक्ष श्रीप्रसाद रोकालाई अध्यक्षमा दोहोराउने निर्णय गर्दै ७ वटै वडाका उमेद्वार घोषणा भैसकेको छ ।

अन्नपूर्ण, रघुगंगा, मंगला र धवलागिरी गाउँपालिकामा सिफारिस भएका उमेद्वार छनौट र सार्वजनिक गर्ने चरणमा काँग्रेस छ । माओवादी केन्द्रका नेताहरुले एकल उमेद्वार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

काँग्रेससँग तालमेलमा कुरा नमिलेपछि माओवादी र एमालेबीच छलफलको शंका गरिएपनि दुवै पार्टीका नेताहरुले खण्डन गरेका छन् । एमाले म्याग्दीका सचिव सुरत केसीले कुनै पनि दलसँग तालमेलको विषयमा छलफल नभएको बताउनुभयो ।

माओवादीका जिल्ला संयोजक जुग्जाली तालमेलमा अल्झनु भन्दा आफ्नै तयारीमा अघी बढ्ने नीति लिएको बताउनुभयो । “केन्द्रिय नीति अनुसार सम्मानजनक ब्यवहार भए तालमेल हुने हो,” उहाँले भन्नुभयो “तालमेल हुन पनि सक्छ नहुन पनि सक्छ । त्यसैले हामी आफ्नै तयारीमा छौ ।” गठबन्धन नभएको अवस्थाको पनि पुर्वअनुमान गरेर चुनावी तयारीमा लागिएको जुग्जालीले बताउनुभयो । गठबन्धनका प्रमुख दलले सम्वाद अन्त्य र सहमति भंग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ ।

पछिल्लो दुई दिनयता छलफल नगरेका उनिहरु केन्द्रको निर्णयको प्रतिक्षामा छन् । काँग्रेसले सभापति खम्बिर गर्बुजा, उपसभापति हरिकुमार श्रेष्ठ र केबी भण्डारी तथा माओवादीले जिल्ला संयोजक जुग्जाली, इञ्चार्ज गोविन्द पौडेल, प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सदस्य बिनोद केसी र बेनी नगर अध्यक्ष सेरबहादुर केसी रहेको वार्ता टोली बनाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...