मंगोलले धवलागिरीको अध्यक्षमा सकबहादुर फगामीलाई उमेद्वार बनाउने

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेशनल मंगोल अर्गनाइजेशन (मंगोल)ले आसन्न स्थानीय तह चुनावका लागि म्याग्दीमा उमेद्वार छनौटलाई तिब्रता दिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

धवलागिरी गाउँपालिकाको अध्यक्षमा सकबहादुर फगामीलाई उमेद्वार बनाउने निर्णय भएको सो पार्टीका जिल्ला अध्यक्ष डिके पुनले जानकारी दिनुभयो । यसअघि अन्नपूर्ण गाउँपालिकाका अध्यक्षमा रामबहादुर गर्बुजा र मालिकाको अध्यक्षमा खमबहादुर रोकालाई उमेद्वार बनाउने घोषणा गरेको थियो ।

मालिका गाउँपालिका–१ मा कुशल पुन र बेनी ३ मा वडा अध्यक्षमा दिपक पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय भएको अध्यक्ष पुनले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस