एमालेले मंगलाको अध्यक्षमा सतप्रसाद रोकालाई दोहोर्याउने

Gandaki Ghumau

बेनी, । नेकपा एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा वाहालवाला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकालाई उमेद्वारमा दोहो¥याउने भएको छ ।

एमालेका गाउँपालिका कमिटिको आइतबार बसेको बैठकले वि.स. २०७४ को चुनावमा बिजयी रोकालाई यसपटक पनि अध्यक्षको उमेद्वारको रुपमा दोहो¥याउने निर्णय गरेको हो । रोका एमालेका पालिका कमिटिको अध्यक्ष समेत हुनुहुन्छ ।

‘नेतृत्व हस्तान्तरण गर्ने सोच थियो तर साथीहरुले सर्वसम्मत रुपमा अध्यक्षको उमेद्वार सिफारिस गरेपछि अस्विकार गर्न सकिन,’ रोकाले भन्नुभयो ‘सघीयता कार्यान्वयनको प्रारम्भिक चरण, विपद्, कोरोना महामारीका वावजुद जनताका माझमा गरेका कामलाई संस्थागत गर्ने र अधुरा योजनालाई पूर्णता दिने प्राथमिकता दिनेछु ।’

Shreekrishna
Gunasthariya Shiksya

उपाध्यक्षमा वाहालवाला उपाध्यक्ष सिर्जना केसी र नेता पेमा अधिकारीले दावी गर्नुभएको छ । तीन वटा वडाका अध्यक्षको उमेद्वार पनि टुङ्गो लागिसकेको छ । वडा नम्बर १ कुहुँमा एकजित रोका, वडा नम्बर ३ मा बाहालवाला वडा अध्यक्ष कबिन्द्र रोका र ४ नम्बर वडामा थमप्रसाद रोकालाई एमालेले वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ ।

गाउँपालका अध्यक्ष सतप्रसाद र वडा नम्बर ३ का अध्यक्ष कबिन्द्र रोका एकैघरका सहोदर दाजु भाई हुनुहुन्छ । ५ वटा वडा भएको मंगलाको २ र ५ नम्बर वडाका अध्यक्षको भने टुङ्गो लगाउन बाँकी छ । गत चुनावमा एमालेले मंगलामा अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडामा जितेका थिए ।

गत चुनावमा नेपाली काँग्रेस र माओवादीले मंगलामा चुनावी तालमेल गरेका थिए । जिल्ला स्तरमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले मंगलामा उमेद्वार छनौट गर्न बाँकी छ । आठ वटा मतदान स्थल र १७ वटा केन्द्र भएको मंगलामा १३ हजार ४१६ मतदाता छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...