अर्थुङ्गे देउरालीमा एमालेको वडा कार्यालय

Gandaki Ghumau

बेनी,। नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर बेनपा–६ अर्थुङ्गे देउरालीमा वडा कार्यालय स्थापना गरेको छ ।

कार्यालयको आइतबार उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवम म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र थापाले ५ दलीय गठबन्धनको बिरुद्धमा एमालेले एक्लै चुनावी मैदानमा उत्रिने दावी गर्नुभयो ।

Gunasthariya Shiksya

एमालेले बेनी–६ मा वर्तमान वडा अध्यक्ष कृष्णसिंह बानियालाई दोहोराउने निर्णय गरेको छ । वडा सदस्यहरुमा कृष्णदत्त पौडेल, इश्वर पौडेल, राधिका विश्वकर्मा र शारदा राना मगरलाई उमेद्वार चयन गरेको छ ।

Shreekrishna

एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, सन्तोष रावल, जिल्ला सचिव सुरज केसी, सदस्य पशुपति शाही, नारायण शर्मा, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी लगायतले चुनावको अवधिमा बेनपा ६ का सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एक भएर अभियानमा लाग्न निर्देशन दिनुभयो ।

कार्यालय स्थापना भएपछि अव उम्मेदवारहरु सहित चुनावी प्रचारको अभियान लिएर टोल टोलमा पुग्ने योजना तय गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष गणेशबहादुर बानियाँले बताउनुभयो । वडा कमिटी उपाध्यक्ष दिपक हमालको अध्यक्षता, नगर कमिटी उपसचिव लक्ष्मण कटुवालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...