कुहुँको वडा अध्यक्षमा एमालेबाट एकजित रोका उमेद्वार बन्ने

Gandaki Ghumau

बेनी,। नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मंगला गाउँपालिका–१ कुहुँको वडा अध्यक्षमा एकजित रोकालाई उमेद्वार बनाउने भएको छ ।


वडा कमिटिको बैठकले रोका लगायत वडाका अन्य चार जना सदस्य पदका उमेद्वार सर्वसम्मत टुङ्गो लगाएको हो । वडा अध्यक्षको उमेद्वार चयन हुनुभएका रोका एमालेका वडा कमिटि अध्यक्ष समेत हुनुहुन्छ ।

Gunasthariya Shiksya

विदेशबाट फर्किएपछि गाउँमै युवा क्लव र सामाजिक संस्था तथा उपभोक्ता समितिको पदाधीकारीमा बसेर विकास निर्माणको अगुवाई गरेका रोका एमाले निकट युवा संगठन हुदै पार्टी राजनीतिमा आउनुभएको हो ।

Shreekrishna

खुल्ला वडा सदस्यमा ओमकार शेरपुञ्जा, नरबहादुर खत्री, दलित महिला सदस्यमा संगिता किसान र महिला सदस्यमा दिलकुमारी खत्रीलाई उमेद्वार बनाउने निर्णय भएको छ । शेरपुञ्जा र खत्री हाल बाहालवाला वडा सदस्य हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...