बेनी–८ मा काँग्रेसले हिम भण्डारीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

khali

बेनी,। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–८,ले हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ ।

सोमबार बसेको काँग्रेसको वडा समितिको बैठकले हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । भण्डारी काँग्रेसको वडा समिति सभापति पनि हुुनुहन्छ ।

khali

गएको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भण्डारीलाई उम्मेदवार बनाइएपनि सदस्य पदमा भने आकांक्षीहरु धेरै भएकाले सिफारिस गरिएको छ । वडामा सत्ता गठबन्धन बिचको तालमेललाई समेत मध्यनजर गरी वडा सदस्यहरुको पद टुंगो नलगाइएको जनाइएको छ ।

Shreekrishna hardwear in news

बेनी नगरका १० वडामा कांग्रेसबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार हुनेमा भण्डारी पहिलो हुनुभएको छ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको छलफल सँगै सबै वडाबाट उम्मेदवारको नाम टुंगो लगाउनका लागि सर्वसम्मत नभए आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...