वडा अध्यक्षको अमानवीय व्यवहारको बिरोध

Gandaki Ghumau

बेनी, । नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा आफ्ना कार्यकर्तामाथि अमानविय व्यवहार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले बिरोध जनाएको छ ।

माओवादीका बेनी नगर कमिटी अध्यक्ष सेरबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गरेर वडा अध्यक्ष बानियाले बेनपा–६ का बालकुमार बानियालाई चैत १८ गते बेनी सामुदायिक मावि अगाडी सार्वजनिक स्थलमा अमानवीय व्यवहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

Gunasthariya Shiksya

बानिया माओवादीका वडा कमिटी सदस्य हुनुहुन्छ । “यस्ता क्रियाकलापप्रति घोर भत्र्सना गर्दै त्यस्ता कार्य अन्त्य नगरे शसक्त प्रतिकार गर्छौ,” विज्ञप्तिमा भनिएको छ “कानुनी दायरामा ल्याउन सम्बन्धित निकायमा अनुरोध गर्दछौ ।”

Shreekrishna

वडा अध्यक्ष बानियाले गत शुक्रबार सामुदायिक मावि अगाडी बोलाएर सार्वजनिक स्थलमा हातपातको प्रयास र गालीगलौज गरेको बालकुमारले बताउनुभयो । उहाँले वडा अध्यक्षले बारम्बार डर, धम्की र त्रास सिर्जना गरिएको भन्दै आफ्नो र परिवारका सदस्यहरुको सुरक्षाको माग गर्नुभएको छ ।

वडा अध्यक्ष कृष्णबहादुर र बालकुमार दुई भाइका छोरा हुनुहुन्छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाले बालकुमारले आफ्ना वृद्ध बुवालाई मदिरा खुवाएर बोल्न लगाउने र सो मोवाइलमा रेकर्ड गरेर पठाई तनाव दिएको प्रतिक्रिया दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...