खेलकुदबाट राजनीतिमा आएका अशोक खत्री ताकममा वडा अध्यक्षका उमेद्वार

Gandaki Pardesh notice

ताकम,। म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ ।

भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको धवलागिरी जनयुवा क्लवका सल्लाहकार खत्री करिब एक दशक सम्म भलिबल र बास्केटबल प्रतियोगितामा सहभागी भएर धेरै उपाधी दिलाउन योगदान गर्नुभयो ।

ताकमकोतमा लगातार सात पटक सहित ३३ वटा छेलो फाल्ने प्रतियोगितामा उहाँले पहलमानको उपाधी जित्नुभएको हो । ताकमकोतमा हरेक वर्षको महानवमी पर्वका अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ । लगातार धेरै पटक छेलो प्रतियोगिता जितेका कारण पनि खत्रीलाई सो क्षेत्रका युवा, प्रौद्ध र बुढापाकामाझ परिचित हुने अवसर पाउनुभएको हो ।

Shreekrishna hardwear in news

मिलनशार, नम्र बोलिबचन र सरल रुपमा प्रस्तुत हुने व्यवहार खत्रीको विशेषता हो । स्नातक तहसम्म अध्ययन गरेका खत्रीले सक्रीय राजनीतिमा आउनुभएको छ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा खत्रीलाई नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।

“अग्रज र साथीभाईको सल्लाह अनुसार राजनीतिबाट समाजसेवामा लाग्ने निर्णय लिएको हुँ,” उहाँले भन्नुभयो “राजनीतिमा युवा आकर्षण र सहभागिता बढाउन नेतृत्व हस्तान्तरण हुनुपर्छ । अग्रजको साथ, विश्वास, समकक्षीको सहयोगले जनप्रतिनिधीको रुपमा जनताको सेवा गर्ने अवसर पाउने अपेक्षा गरेको छु ।”

Bhautik ministry notice about road

शिक्षित, प्रविधिमा पोख्त र जोस जाँगर भएका युवाको राजनीतिमा सहभागिता भयो भने समस्याको पहिचान, समाधान र समयअनुकुलको नीति नियम बनाउन भूमिका खेल्न सकिने उहाँको विचार छ । विद्यालय पढ्दादेखिनै अखिल क्रान्तिकारीमा जोडिएका अशोक वि.स. २०७१ देखि वाईसीएल र माओवादीको कमिटीमा आवद्ध हुनुहुन्छ ।

वाइसीएलको एक कार्यकाल वडा कमिटी अध्यक्षको जिम्मेवारी निभाएका खत्री हाल माओवादीको वडा कमिटी अध्यक्ष पनि हुनुहुन्छ । काठमाडौमा स्नातक गरेपछि गाउँमा आएका खत्रीले स्थानीय धौलागिरि बोर्डिङ स्कुलमा चार वर्ष प्रिन्सीपल भएर काम गर्नुभयो । विद्यालयको प्रिन्सीपल हुँदा उहाँले नेतृत्व र व्यवस्थापनको अनुभव सँगाल्ने अवसर पाउनुभयो । हाल पनि उहाँ सो विद्यालयमा कार्यरत हुनुहुन्छ ।

खत्रीका बुवा खिमबहादुर साविक ताकम गाविसको वडा नम्बर ४ को जननिर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । खिमबहादुर भारतीय सेनाबाट सेवा निवृत्त गोर्खा सैनिक हुनुहुन्छ । बुवाको प्रेरणाबाट प्रभावित भएर राजनीतिमा आएको खत्रीले बताउनुभयो । विभेद रहित समाज, सन्तुलित विकासको अवधारणाका साथै अहिलेको परिवर्तनको अगुवाई गरेका कारण माओवादी रोजेको उहाँले बताउनुभयो ।

बिवाह गरिसकेका खत्रीकी आमा हरिकुमारीको दुई वर्षअघि स्वर्गारोहण भएको थियो । अशोकका जेठा दाजु बिष्णुले दरवाङमा आर्ट र इलेक्ट्रिकल ब्यवसाय गर्नुहुन्छ । डोजर अपरेटर रहेका माइला दाजु दलबहादुर खत्रीले दरवाङ देखि ताकम जोड्ने सडक निर्माणमा जोखिम मोलेर काम गर्नुभएको थियो ।

खत्री परिवारले ताकमको कोतपरिमा हाल निर्माणाधिन रहेको वडा कार्यालयको भवनका लागि जग्गा समेत उपलब्ध गराउनुभएको थियो । व्यवस्थित योजनाको अभावमा पछि परेको साविक ताकम गाविसका सबै बस्तीमा समान किसिमले विकास निर्माणलाई तिब्रता दिने, प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई सहज बनाउने, शिक्षा, स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्ने, ठूला योजना बनाएर बजेट भित्र्याई कार्यान्वयन गर्ने, युवा लक्षित स्वरोजगारमुलक कार्यक्रम, सिप सिकाउने, पर्यटन, कृषि र पशुपालनको माध्यमबाट आयआर्जन सुधार गर्ने अशोकको योजना छ ।

खेल पूर्वाधार, खेल अभ्यास र प्रशिक्षण, सामाजिक शसक्तीकरण, विभेद न्युनीकरण, नमुना बसोबास स्थलको रुपमा विकास गर्ने उहाले योजना सुनाउनुभयो । “अहिलेनै धेरै आश्वासन बाड्नु भन्दा पनि घरदैलो गरेर समस्या र आवश्यकता पहिचान गरिरहेको छु,” उहाँले भन्नुभयो “पहिचान भएका नागरिकका आवश्यकता, सुझाव र अपेक्षा अनुसारको योजना बनाएर बजेट व्यवस्थापन गरी कार्यान्वयनमा जोड दिनेछु ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...